Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सातै प्रदेशमा ‘कोभिड विशेष नर्स समूह’ परिचालन 

रासस

रुपन्देही । के तपाइँलाई कोरोना सङ्क्रमणका विषयमा आधिकारिक जानकारी आवश्यक छ ? कि सङ्क्रमित भएर के गर्ने, के नगर्ने भन्ने दोधारमा हुनुहुन्छ ? यदि त्यस्तो छ भने आत्तिनुपर्दैन । अब घरमै बसेर तपाइँले फोन मार्फत स्वास्थ्यकर्मीबाट आधिकारिक जानकारी पाईनेछ । नागरिकलाई सही सूचना दिनका लागि ‘कोभिड विशेष नर्स समूह’ परिचालन भएका छन् । 


कोरोना भाइरस महामारी र नियन्त्रणका लागि नर्सहरुले स्वतस्फूर्त ‘कोभिड विशेष नर्स समूह’ बनाएर निःशुल्क परामर्श दिन शुरु गरेका हुन् । सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका सूचनाहरु कुन सही र गलत हुन् भनेर छुट्याउन गाहे भइरहेको र अनावश्यक औषधिको प्रयोग अत्यधिक मात्रामा बढेका कारण आम नागरिकलाई परामर्श दिन यस्तो समूह बनाइएको हो । कोरोना शुरु भएदेखि नै नर्सहरुले उचित परामर्श दिने काम गर्दै आएपनि अहिले समूह नै बनाएर काम शुरु गरेका हुन् ।


कतिपय बिरामी कोभिड सङ्क्रमण भएपछि स्वास्थ्य सामान्य हुँदा पनि हतास मनस्थितिमा अस्पताल पुग्दा अस्पतालले धान्न नसक्ने स्थिति आएको र  अस्पताल जानुपर्ने गम्भीर बिरामी सूचनाको अभावले घरमै बस्दा ज्यान जोखिममा परिरहेको भन्दै ‘कोभिड विरुद्ध नर्स समूह’ बनाएर परामर्श दिन थालिएको ‘कोभिड विशेष नर्स समूह’ का राष्ट्रिय संयोजक दुर्गा सापकोटाले जानकारी दिइन् । यो समूहले देशका सातै प्रदेशमा आजदेखि कोरोना सङ्क्रमणका विषयमा उचित परामर्श दिन शुरु गरेको संयोजक सापकोटाले बताइन् ।  


कोभिड विशेष नर्सले कोभिडबाट सङ्क्रमित नहुन के गर्ने ? यदि सङ्क्रमण भयो भने कसरी व्यवस्थापन गर्ने, घरमा आइसोलेशन बस्दा परिवारका अरु सदस्यलाई कसरी जोगाउने ? कस्तो खाना खाने रु आफ्नो मानसिक स्वास्थ्य कसरी सन्तुलित राख्ने ? कुन बेला अस्पताल जाने ? लगायतका विषयमा नागरिकलाई निःशुल्क परामर्श दिनेछन् । यसका लागि लुम्बिनी प्रदेशको संयोजकमा रिचा घिमिरे र कोभिड विशेष नर्स सुमित्रा ढकाललाई सम्पर्क गर्न सकिने छ । 
सुदूरपश्चिम प्रदेशको संयोजकमा किरण चन्द र परामर्शदाता मीना चन्द, कर्णाली प्रदेशको संयोजकमा प्रतिमा खत्री र परामर्शदाता मोना दाहाल, वाग्मती प्रदेशमा संयोजक अमृता बराल र  परामर्शदाता ममता केसी रहनुभएको छ । त्यस्तै प्रदेश नं १ को कोभिडविरुद्ध नर्सको संयोजक शिक्षा कार्की, परामर्शदाता विद्या बस्नेत, गण्डकी प्रदेशको संयोजक नवीना कोइराला र परामर्शदाता रीता गौतम तथा प्रदेश २ को संयोजकमा रीता गौतम र परामर्शदातामा सिर्जना चौधरी रहेका छन् ।  ‘कोभिड विशेष नर्स समूह’ को फेसबुक पेजमा परामर्शदाताको नाम, नम्बर तथा अन्य सूचनाहरु समेत राखिएको छ । 

“कोरोना सङ्क्रमणका विषयमा सही सूचना नपाउँदा नागरिकहरु अन्योलमा छन् । अन्यौल हटाएर आवश्यक परामर्श तथा अन्य सेवाका लागि सहजीकरणको काम गर्छौं”, लुम्बिनी प्रदेशका कोभिड विशेष नर्स ढकालले भनिन् । ‘कोभिड विरुद्ध नर्स समूह’मा अग्रभागमा काम गरेका अनुभवी तथा नर्सिङ पढ्दै गरेका, पढाइ सकेर घर बसेका नर्स, अनमी तथा विभिन्न सङ्घ संस्थामा काम गरिरहेका नर्सहरु सहभागी छन् । 

कोरोना महामारीका कारण अधिकांश जिल्लामा बन्दाबन्दी भएकाले नागरिकले सहज रुपमा स्वास्थ्य सेवा र परामर्श लिन नसकेको परिस्थितिलाई मनन गर्दै ‘कोभिड विशेष नर्स समूह’ ले कोभिड सङ्क्रमितलाई र सूचना लिन चाहनेहरुलाई फोनबाट निःशुल्क परामर्श दिने काम शुरु गरिएको हो । “यो महामारीमा सबैले आफ्नो ठाउँबाट आफूले सक्दो काम गरेमा महामारीविरुद्धको लडाई जित्न सकिन्छ भन्ने अभिप्रायले कोरोना नियन्त्रणमा सरकारको अभियानलाई सहयोग गर्न नर्सहरूको समूह बनाएर काम थालेका हौँ”, राष्ट्रिय संयोजक सापकोटाले भने । । कति ठाउँमा नेपाली भाषामा मात्रै सूचना प्रकाशित हुँदा भाषाको समस्याले गर्दा प्रभावकारी सूचनाको सम्प्रेषण हुन नसकेको देखिएकाले स्थानीय भाषामै परामर्श दिनसक्ने गरी विशेष दख्खल भएका नर्स परिचालन गरिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies