Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भरतपुर अस्पतालमा शय्या थपेपछि स्वास्थ्य सामग्रीको अभाव

रासस

चितवन । भरतपुर अस्पतालले कोभिड उपचारका लागि शय्या थप गरेपछि स्वास्थ्य सामग्रीको अभाव हुने भएको छ । अक्सिजन, मास्क, पिपिइलगायतका स्वास्थ्य सामग्रीको अभाव हुने भएको हो । 

अस्पतालले हालै शय्या र जनशक्ति थप गरेको छ । थप शय्याका लागि आवश्यक पर्ने सामग्री कमी हुने भएको हो । अस्पतालले एक सूचना प्रकाशित गर्दै कोभिड सङ्क्रमितका लागि छुट्याइएको शय्या सङ्ख्याभन्दा बढी सङ्ख्यामा बिरामीको उपचार गर्नु परेकाले सामग्रीको कमी हुँदै गइरहेको जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी सूचनामा भनिएको छ, “बढी सङ्ख्यामा सङ्क्रमितको उपचार गर्नु परेको, आइसियू, एचडियु, भेन्टिलेटर एवं उच्च मात्राको अक्सिजन आवश्यक पर्ने बिरामीको सङ्ख्या अत्यधिक रहेकाले सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गरिने सुरक्षा सामग्रीको मौज्दातमा समेत कमी हुँदै गइरहेको छ ।” 

विगतमा कोभिडका लागि छुट्याइएको शय्याका लागि एक महिनाको मौज्दात रहेको भए पनि शय्या थप गरेपछि त्यसले नधान्ने तिवारीले बताए । उनले  बोलपत्र प्रक्रियाबाट खरिद गर्दा पनि एक महिनाभन्दा बढी समय लाग्ने भएकाले सामग्री कमी हुने देखिएको बताए । सामग्री अभाव हुँदै जाँदा सङ्क्रमितको उपचार व्यवस्थापन थप कठिन हुँदै गइरहेको अस्पतालले जनाएको छ । हाल पिपिइ र मास्क दैनिक १०० थान आवश्यक परेको छ भने शय्या थप भएसँगै यो सङ्ख्या पनि बढेर जानेछ । 

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले तत्कालका लागि सामग्री अभाव हुने भएपछि निजी क्षेत्रलाई सहयोगका लागि आह्वान गरिएको बताए । उनले न्यून आए भएका सङ्क्रमितहरुको सहज उपचारका लागि सहयोग गरिदिन समेत आग्रह गरे । उनले भने,  “कोरोनाको पहिलो लहरको समयमा झैँ अत्यावश्यक सामाग्री भरतपुर अस्पताललाई सहयोग गरिदिन म अपिल गर्दछु ।”

अस्पतालमा धेरै भिडभाड हुँदा सङ्क्रमणको जोखिम बढी हुने भएकाले अति आवश्यक अवस्थामा मात्र अस्पताल आउनसमेत अनुरोध गरिएको छ । अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र जथाभावी हिँडडुल नगर्न पनि मेसु तिवारीले अनुरोध गरेका छन् । उनले सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा र स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञालाई पूर्णरूपमा पालना गर्न पनि अनुरोध गरेका छन् । 
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies