Ntc summer Offer
Khabar Dabali १४ श्रावण २०८२ मंगलवार | 29th July, 2025 Tue
Investment bank

अमेरिकी विदेशमन्त्री र रसियाका विदेशमन्त्रीबीच आइसल्यान्डमा भेटवार्ता तय

रासस

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार रसियाली विदेशमन्त्री सर्गेई लाभारोभलाई फोन गरी आइसल्यान्डमा आगामी मे २० मा हुने आर्कटिक काउन्सिल मन्त्रिस्तरीय बैठकमा सहभागी हुने बारेमा छलफल गरेका छन् । 

फोनवार्तामा दुबै कुटनीतिज्ञले आफूहरु उक्त बैठकमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल गर्न राजी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले अमेरिकी नागरिकको सुरक्षा एवं अमेरिकी चासोका विषयलाई प्रतिरक्षा गर्न राष्ट्रपति बाइडेनको प्रतिबद्धताका बारेमा रसियाका विदेशमन्त्री समक्ष कुरा राख्नु भएको उल्लेख छ । 

विदेशमन्त्री ब्लिन्केनले हाल रसियाको हिरासतमा राखिएका आफ्ना दुई पूर्व सैनिकहरु पल ह्वीलान र ट्रेभोर रीडलाई तत्काल मुक्त गर्न रसिया समक्ष अनुरोध गर्नु भएको थियो । उहाँले उत्तर कोरिया मामिला सम्बन्धी अमेरिकी नीतिका बारेमा पनि रसियाका विदेशमन्त्री लाभरोभलाई जानकारी गराएका थिए । 

आइसल्यान्डमा हुने ब्लिन्केन र लाभरोभबीचको प्रत्यक्ष भेटवार्ता राष्ट्रपति बाइडेनले राष्ट्रपतिको पद सम्हालेयता पहिलो पटक हुन लागेको हो ।
राष्ट्रपति बाइडेनले गत साता जुनमा आफूले युरोप भ्रमण गर्दा रसियाका राष्ट्रपति भ्लालिमिर पुटिनसँग पनि भेटघाट गर्ने बताएका थिए  । राष्ट्रपति बाइडेन बेलायतमा सम्पन्न हुने सात प्रमुख औद्योगिक राष्ट्रहरु (जी–७) को शिखर सम्मेलन र बेल्जियमको ब्रसेल्समा हुने नेटो शिखर बैठकमा सहभागी हुने कार्यक्रम छ । 

रसियाका विदेशमन्त्री लाभरोभले मङ्गलबार अजरबैजान भ्रमणका क्रममा अमेरिकाले जुनमा रसियाको उच्च नेतृत्वसँग गर्न लागेको भेटवार्तालाई आफूहरुले निकै स्वागतयोग्य कदमका रुपमा लिएको बताएका थिए  । 

अमेरिका र रसियाबीचको सम्बन्ध केही वर्षदेखि निकै तिक्ततापूर्ण रहिआएको छ । दुबै मुलुकबीच युक्रेन, मानव अधिकार, साइबर सुरक्षा र एकअर्का मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपलाई लिएर मतभेद हुँदै आएको छ । 
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending