Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना 

ताकम र मल्लाजमा आइसोलेशन सञ्चालन 

रासस

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर सङ्कलन गर्न थालिएको बताए । 

“विभिन्न सङ्घसंस्था, कम्पनी र उद्योगसँग भएका अक्सिजन सिलिण्डर सङ्कलन गरेर एकद्वार प्रणालीबाट कोरोना सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन बैंक स्थापना गरिएको हो”, उनले भने, “अक्सिजन बैंकमा विभिन्न क्षेत्रबाट खाली र भरिएका सिलिण्डर सङ्कलन भइरहेको छ ।” जिल्ला प्रहरी कार्यालयले बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर सङ्कलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । आठवटा पसल, ग्यारेज तथा उद्योगमा रहेका १२ वटा भरिएको र १० वटा खाली सिलिण्डर सङ्कलन गरेर हस्तान्तरण गरिएको प्रनाउ राईले बताए । 

कोरोना महामारीको अवस्था सहज भएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने गरी सबै प्रक्रिया पूरा गरेर अक्सिजन सिलिण्डर सङ्कलन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाले बेनी अस्पताललाई २० थान सिलिण्डर उपलब्ध गराएको छ । व्यक्तिका घर तथा पसलमा प्रयोगविहीन अवस्थामा रहेका सिलिण्डरसमेत उपलब्ध गराउन अपिल गरिएको छ । कोरोनाका सङ्क्रमितको सङ्ख्या बढेसँगै देशभर अक्सिजनको अभावमा उपचार प्रभावित बनेको छ । 

म्याग्दीमा पनि अक्सिजन अभावको अवस्था आउन नदिन अक्सिजन सिलिण्डर सङ्कलन र भरेर राख्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । म्याग्दीमा करिब ३०० थान अक्सिजन सिलिण्डर भएको अनुमान छ । बेनी अस्पतालसँग ५४ थान सिलिण्डर थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालका अनुसार २५ वटा सिलिण्डर रिफिल गर्न (भर्न) पठाइएको छ । अस्पतालको ३० वटा शय्यामा अक्सिजन उत्पादन केन्द्रबाट पाइपमार्फत सिधै अक्सिजन पठाउने व्यवस्था मिलाइएको छ । 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको रु १० लाख बजेटले प्लान्टबाट अस्पतालको शय्यामै अक्सिजन पुर्याउन पाइपलाइन जडान गरिएको छ । प्लान्टले एक दिनमा १५ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको अस्पतालका प्रमुख जितेन्द्र कँडेलले बताए । अस्पतालमा सामान्य अवस्थामा दैनिक २० देखि २५ श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । 

एकपटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न रु ६३ लाख खर्च भएको छ । सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा रु ७५ लाख बजेट पठाएकामा प्रतिस्पर्धामार्फत रु ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो । सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको रु १४ लाख र अस्पतालको रु एक लाख ४० हजारमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याइएको छ ।

ताकम र मल्लाजमा आइसोलेशन सञ्चालन 

नयाँ भेरियन्टसहित दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिन थालेपछि म्याग्दीको ताकम र मल्लाजमा आइसोलेशन सञ्चालन भएको छ । धवलागिरि गाउँपालिकाको घट्टेखोलास्थित सामुदायिक भवनमा स्थापना गरिएको १० शय्या क्षमताको आइसोलेशन ताकम माविको भवनमा स्थानान्तरण गरेर पुनःसञ्चालन गरेको हो । यसैगरी जलजला गाउँपालिकाको मल्लाजस्थित वडा ३ को कार्यालयको भवनको खाली कोठामा १० शय्या क्षमताको आइसोलेशन शुरु गरिएको छ । 

धवलागिरिका अध्यक्ष थमसरा पुनले गाउँपालिकाले कोरोना अस्पताल सञ्चालन गर्न गत पुसमा तीन महिनाका लागि नियुक्त गरिएका चिकित्सकको करार अवधि थप गरेर कोरोना सङ्क्रमितको उपचारमा परिचालन गरिएको बताए । जनशक्ति व्यवस्थापन गर्न सहज हुने भएकाले पाँच शय्या क्षमताको अस्पताल भएको ताकममै कोरोना सङ्क्रमितको उपचारका लागि छुट्टै आइसोलेशन बनाइएको उनले बताए  ।

आइसोलेशनमा अक्सिजनलगायत कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक औषधि, जनशक्ति र औजार व्यवस्थापन गरिएको छ । चिकित्सक एकराज भण्डारीले एक सङ्क्रमितले आइसोलेशनबाट सेवासमेत लिइसकेका बताए । आइसोलेशन सञ्चालनका लागि गाउँपालिकामा रहेका मौजुदा स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना खाती क्षेत्रीका अनुसार ताकम र लुलाङ कोरोना सङ्क्रमणबाट प्रभावित भएका छन् । ताकममा १४, मुनामा दुई, धारापानीमा दुई र लुलाङमा सात सङ्क्रमित भएका छन् । 

“ताकममा नयाँ सङ्क्रमित थपिए पनि उनीहरूमा पखाला, ज्वरो र रुघाखोकीको लक्षण छ”, चिकित्सक भण्डारीले भने, “लुलाङका सङ्क्रमितमा बढी मात्रामा श्वासप्रश्वासको समस्या देखिएको छ ।” कोरोना नियन्त्रणका लागि धवलागिरि गाउँपालिकाले सङ्क्रमितको पहिचान, व्यवस्थापन, सुरक्षित उपचार र फैलिन नदिन जनचेतना अभिवृृद्धि गर्ने रणनीति लिएको छ । सङ्क्रमितलाई स्वास्थ्य संस्था र अस्पताल पुग्नका लागि दुईवटा निजी गाडी भाडामा लिएर सेवा दिएको छ । 

यसैगरी म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचारका लागि वडा न ३ मल्लाजमा १० शय्या क्षमताको आइसोलेशन स्थापना गरेको छ । यसअघि वडा नं ८ मा पर्ने नाग्लीवाङमा २० शय्या क्षमताको आइसोलेशन सञ्चालनमा ल्याएको जलजलाले शुक्रबारदेखि मल्लाजमा अर्को आइसोलेशन तयार पारेर सङ्क्रमितको उपचार शुरु गरेको हो । 
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies