Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

वनमन्त्री आले द्वारा डोटी अस्पताललाई २२ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

रासस

डोटी । अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको खबर आएपछि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा नेपालगञ्जबाट पठाइएका २२ थान भरिएका अक्सिजन सिलिन्डर जिल्ला अस्पताल डोटीलाई आज हस्तान्तरण गरिएको छ । 

जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएपछि मन्त्री आलेको पहलमा आफुहरुले नेपालगञ्ज गएर अक्सिजन सिलिन्डर ल्याएर हस्तान्तरण गरेको बोलन्याथली नामक सामाजिक संस्थाका सुदूरपश्चिम अध्यक्ष तथा अभियानकर्मी यादव जोशीले बताए । 

जोशीका अनुसार मन्त्री आलेले नेपालगञ्जमा अक्सिजन भर्नका लागि पहल गर्नु भएपछि भरिएका सिलिन्डरको रकम बोलन्याथलीले सङ्कलन गरेकामा रु १५ हजारबाहेकको आर्थिक सहयोगबाट तिरी उक्त सिलिन्डर डोटी पु¥याइएको हो । रु १५ हजार मन्त्री आलेले अक्सिजन भर्न दिएको जोशीले जानकारी दिए । अक्सिजन नभएर कोरोना सङ्क्रमणका बिरामी आक्रान्त भएको जिल्लामा अक्सिजन सिलिन्डर आएपछि बिरामीका आफन्त निकै खुशी भएका छन् । 

जिल्ला अस्पतालका लागि अक्सिजनले भरिएका ठूला १७ तथा सानो पाँच गरी जम्मा २२ सिलिन्डर बोलन्याथलीका डोटी संयोजक जितबहादुर खड्काले आज हस्तान्तरण गरेका छन्  । बोलन्याथलीले सुदूरपश्चिममा विकास निर्माणदेखि सामाजिक क्षेत्रका काममा अग्रसरता देखाउदैँ वर्षौदेखि सहयोग गर्दै आएको छ ।

यसैगरी मन्त्री आलेको सहयोगमा ५० भरिएका अक्सिजन सिलिन्डर, ५० हजार मास्क डोटी जिल्ला अस्पताललाई र ५० हजार मास्क तथा ५० भरिएका अक्सिजन सिलिन्डर सेती प्रादेशिक अस्पताल कैलालीका लागि पठाउने तयारी भइरहेको छ ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending