Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

स्पेनीलाई चार्टर्ड उडानमार्फत स्वदेश लगिने

खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा रहेका स्पेनी नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काइने भएको छ । स्पेनीलाई स्वदेश फर्काउन नेपाल नागरिक उड्डय प्राधिकरण(क्यान)ले जेठ ६ गते बिहिबारका लागि उडान अनुमति दिइसकेको छ । स्पेनले आफ्नो वाइड बडी ए३३० जहाज मार्फत नागरिकलाई घर फर्काउन लागेको हो ।

स्पेनको  राजधानी म्याड्रिडबाट मेडिकल सामग्री लिएर काठमाडौँ आउने र यहाँबाट स्पेनी तथा केही युरोपेली नागरिक लिएर फर्कने क्यानका उपमहानिर्देशक एवम् प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । बुझिएअनुसार नेपालमा अड्किएका करिब ४० स्पेनी गन्तव्य पुग्ने प्रतिक्षामा छन् । ठूलो जहाज भएकाले युरोपका केही नागरिक पनि घर फर्किने जनाइएको छ ।

कतारका लागि पनि जेठ ८ र ११ गते (मे २२ र २५ तारिख) का लागि चार्टर्ड उडानको अनुमति दिइएको क्यानले जनाएको छ । चीनको ग्वाङजाओ र कतारको दोहामा सातामा एक उडान नियमित सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ । सोहीअनुरुप क्यानले उडान तालिका बनाएको छ ।

नेपालमा रोकिएका विभिन्न मुलुकका विदेशी नागरिकलाई घर फर्काउन नेपाल पर्यटन बोर्डले सहजीकरण गरिरहेको छ । बोर्डले पर्यटकीय क्षेत्र तथा विभिन्न स्थानमा रहेका विदेशी नागरिकलाई सूचित गरी अनलाइन विवरण सङ्कलन गरी सम्बन्धित मुलुकको दूतावासलाई जानकारी गराउने तथा दूतावासले मागेको खण्डमा पर्यटकको विवरण दिने गरेको छ ।

बोर्डका निर्देशक मणि लामिछानेका अनुसार बोर्डले ‘ट्राभल लोकेटर’ मार्फत विदेशी नागरिकको विवरण सङ्कलन गरिरहेको छ । यसबाट पर्यटक नेपालका कुन–कुन स्थानमा छन् भनेर लोकेसन पत्ता लगाउने र सोही आधारमा सम्बन्धित निकायलाई सूचित गरिएको तथा यसबाट उद्धारका लागि सहयोग पुग्ने जनाइएको छ । बोर्डले होटल क्वारेन्टिनको व्यवस्थापनको विवरण तथा अन्य सम्बन्धित सूचना पनि उपलब्ध गराइएको र यसबाट पर्यटकले आफै पनि सेवा लिन सक्ने जनाएको छ ।

बोर्डले अहिले एयर बबल सम्झौता अनुसार नेपालमा आउने भारतीय नागरिक कुन होटलमा रहेका छन् उनीहरुको अवस्था तथा दैनिक तीन पटकको तापक्रम परीक्षण गरेर मन्त्रालयलगायत सम्बन्धित निकायलाई जानकारी गराइने गरेको निर्देशक लामिछानेले बताए । यसका अतिरिक्त बोर्डले ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट एण्ड कम्युनिकेसन युनिट’ खडा गरी निषेधाज्ञाको अवधिभर पर्यटको सूचना सङ्कलन गरी सूचना तथा सञ्चार सम्प्रेषणको काम पनि गरेको छ ।

विदेशीलाई घर फर्काउन काठमाडौँ बाहिरका विभिन्न स्थानमा रहेका विदेशीलाई उद्धार गरी काठमाडौँ ल्याएर स्वदेश फर्किन सहजिकरण गरिरहेको छ । अहिले विभिन्न मुलुकले नेपालमा अड्किएका नागरिकलाई चार्टर्ड उडान मार्फत घर फर्काइरहेका छन् ।

अहिले विभिन्न मुलुकबाट नेपाली तथा अन्तरराष्ट्रिय एयरलाइन्सले चाटर्ड, मेडिकल, उद्धार तथा कार्गो उडान धमाधम गरिरहेका छन् । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको अन्तरराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले दैनिक यस्ता उडान गरिरहेका छन् । यि दुबै एयरलाइन्सको आज क्रमशः सात र चार उडान सञ्चालन भइरहेका छन् ।

नेपालमा कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध जेठ १७ सम्म लम्बिएको छ ।

यसबीचमा नेपाल र भारतबीचको एयर बबल सम्झौता अनुसार दुबै देशका राष्ट्रिय ध्वजाबाहकले सातामा दुई उडान कायम हुनेगरी उडान सञ्चालन गरिरहेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending