Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

कोरोना महामारीमा बाल मनोवैज्ञानिक शिक्षामा ध्यान दिन आग्रह

रासस

कर्णाली । नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज र विश्वविद्यालय सम्पूर्ण बन्द छन् । 

बन्दको प्रत्यक्ष मार विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा पढ्ने युवा विद्यार्थीहरुमा परिरहेको छ । शहरी क्षेत्रमा अनलाइनका माध्यमबाट शिक्षण क्रियाकलाप भए पनि ग्रामीण दुर्गम भेगमा अध्ययनरत विद्यार्थीका लागि यो संभावना छैन । यसबाट बालबालकिाको पठनपाठन मात्र नभई उनीहरुको मनोविज्ञानमा प्रत्यक्ष असर पर्दै गएको छ ।

कोरोना कहरबाट उब्जेको सङ्कटको बीचमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय कार्य समितिले ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ विषयक तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन भर्चुअल कार्यक्रम शनिबारदेखि सञ्चालन गरेको छ । कार्यक्रमको पहिलो सत्रमा शैक्षिक अभियानकर्मी श्रीमन्त भट्टराईले ‘बाल मनोविज्ञान र व्यावहारिक सिकाइ’का विषयमा आफ्नो प्रस्तुति राख्दै कोरोना कहर घरमै रहेका बालबालिकालाई व्यावहारिक शिक्षा दिने उत्तम अवसर भएको बताउनुभयो । उनले भने, ‘हामी डिग्री चाहन्छौँ, सीप चाहान्नौँ । अङ्क चाहान्छौँ तर संस्कार र नैतिकता चाहान्नौँ । हाम्रो शिक्षा व्यावहारिक नहुँदा कृषि प्रधान देशमा कृषिकर्म गर्नु अभिशाप ठानियो जसले युवा जनशक्तिलाई विदेश भासिन बाध्य बनायो ।’

 पढेरभन्दा गरेर सिकिने ज्ञान व्यावहारिक हुने भन्दै उहाँले यो समयमा घरमै बालबालिकालाई तार जोड्न, खाना पकाउन, भाँडा माझ्न, सरसफाइ गर्न, करेसाबारीमा काम गर्न, वातावरणअनुसारको रोजाइको काम गर्ने अवसर प्रदान गर्न अभिभावक तथा शिक्षकहरुलाई सल्लाह दिए ।

सूचना र प्रविधिको विकास नहुँदै बालबालिकाका लागि डा मारिया मन्टेश्वरीले शुरु गरेको विधिबमोजिम बाल मनोविज्ञान बुझेर उनीहरुलाई सिक्ने वातावरण तयार गर्न सकेमात्र शिक्षक, अभिभावक र विद्यार्थीको साझा उद्देश्य पूरा हुने उहाँको भनाइ थियो । यद्यपि बालबालिकालाई घर र सामाजिक वातावरणले प्रदान गर्ने संस्कार भने राम्रो हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेपाल मनोक्रान्तिका द्रष्टा तथा दार्शनिक डा योगी विकासानन्दले कोरोना महामारीको यस सङ्कटपूर्ण अवस्थामा बोक्रे शक्ति र गुदी शक्तिले काम गरेको तर्क गरे । ‘कोरोनाले मर्छ र भ्याक्सिनले बचाउँछ । यो बोक्रे शक्ति हो’, उनले भने, ‘रोग प्रतिरक्षात्मक शक्ति प्रणाली कमजोर हुँदा मान्छे मर्छ, यो गुदी शक्ति हो ।’

उनले प्रतिरक्षा प्रणाली बचाउन अश्वगन्धाको प्रयोग, ध्यान, योगा नै कोरोना विरुद्धको ठूलो भ्याक्सिन भएको दावी गरे । भात घटाएर ‘ग्रीन’ सलाद खान र भिटामिन ‘डी’ लिन आग्रह गर्दै डा योगीले प्रतिरक्षा प्रणाली बलियो बनाउने पाठ्यक्रम बनाउन सरकारलाई सुझाव दिए । 
  
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले शिक्षक, अभिभावक र विद्यार्थीसँग करिब सबैपक्ष जोडिने कुरालाई केन्द्रमा राखेर ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ दिने प्रमुख उद्देश्यले तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन कार्यक्रम गरिएको बताए । कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थी गरी ८११ जनाको सहभागिता रहेको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending