Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

ठाकुर समूह राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने तयारी, सरकारमा गए कारवाही गछौं : भट्टराई–यादव समूह

खबरडबली संवाददाता

काठमाडौं । आन्तरिक विवादकाबीच जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ–राजेन्द्र समूह ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । 

आइतबार काठमाडौंमा बसेको महन्थ–राजेन्द्र समूहको बैठकले माधेशरको मुद्दामाथि प्रधानमन्त्री ओली लचिलो भएको, नागरिकतासम्बन्धी अध्यादेश जारी भएको, मधेर–थरुहट आन्दोलनमा लागेका मुद्दा फिर्ता लिइ नेता तथा कार्यकर्ता छुटाउने केही हदसम्म पुरा भएको निष्कर्ष निकालेको थियो । 

 बाँकी मागहरु सरकारमै बसेर गर्न सक्ने अवस्था रहेकोले सरकारमा सहभागि हुनुपर्ने बैठकमा अधिकांश नेताहरुको धारणा आएको केन्द्रीय सदस्य अकवाल अहमत शाहले बताए । ‘धेरै साथीहरुको बैठकमा मधेश मुद्दामाथि प्रधानमन्त्री ओली सकारात्मक भएको, आफ्ना केही मागहरु पुरा भएकोले सरकारलाई सहयोग गर्नुपर्छ भन्ने धारणा आएको छ’, उनले भने ।

 ‘छिट्टै अर्को बैठक बसेर सरकारमा सहभागिताबारे निर्णय गर्र्छौ’, उनले भने, ‘सरकारमा कसको नेतृत्वमा सहभागि हुने, कति मन्त्रालय दावी गर्ने, कुनकुन मन्त्रालय लिने भन्नेबार कुनै निर्णय भएको छैन ।’

बालुवाटार स्रोतका अनुसार जसपाले ८ वाट मन्त्रालय दावी गरेका छन् । राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागि हुने तयारी भइरहेको जनाएको छ । प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकारलाई कठिन अवस्थामा सहयोग गरेको भन्दै सरकारमा आउन आग्रह गरिसकेका छन् । 

यद्यपी पार्टीको निर्णय र सहमतिबीना ओली नेतृत्वको सरकारमा सहभागि भए कारवाही गर्ने उपेन्द्र यादव समूहले चेतावनी दिएको छ । 

आइतबार बसेको केन्द्रीय कार्यकारीणी बैठकले पार्टीलाई थाहै नदिइ संविधान संशोधन कार्यदलमा बसेको, बैठक स्थगित गरी ओली सरकारलाई सहयोग गरेको, गुटगत भेला गरी पार्टीलाई कमजोर बनाएको आरोप लगाउँदै अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टिकरण सोधिएको छ । 

जसपाकी नेतृ रेणुकुमारी यादवले ओली  नेतृत्वको सरकारमा सहभागि हुने पार्टीको कुनै योजना नरहेको बताइन् । ‘पार्टीका बहुमत सदस्यहरुले निरङ्कुश ओली सरकारको विरुद्ध संघर्ष गर्नु पर्छ भन्ने धारणा राखेका छन् । ओली अहिले अप्ठयारोमा परेपछि मधेशमामिलामा आँशु चुहाएकामात्र हुन् । ओलीको नियत ठीक भएको भए तीन वर्षसम्म हाम्रा मुद्दामाथि क्याविनेटमा प्रश्न उठाउँदा समेत कुनै वास्ता नगरेका ओलीले अहिले एकाएक मधेशका मुद्दामा आँशु झार्नुको कुनै अर्थ छैन । ओलीको यो सबै छलछाम र धोकाधडी राजनीतिमात्र हो ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending