काठमाडौं । आन्तरिक विवादकाबीच जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ–राजेन्द्र समूह ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।
आइतबार काठमाडौंमा बसेको महन्थ–राजेन्द्र समूहको बैठकले माधेशरको मुद्दामाथि प्रधानमन्त्री ओली लचिलो भएको, नागरिकतासम्बन्धी अध्यादेश जारी भएको, मधेर–थरुहट आन्दोलनमा लागेका मुद्दा फिर्ता लिइ नेता तथा कार्यकर्ता छुटाउने केही हदसम्म पुरा भएको निष्कर्ष निकालेको थियो ।
बाँकी मागहरु सरकारमै बसेर गर्न सक्ने अवस्था रहेकोले सरकारमा सहभागि हुनुपर्ने बैठकमा अधिकांश नेताहरुको धारणा आएको केन्द्रीय सदस्य अकवाल अहमत शाहले बताए । ‘धेरै साथीहरुको बैठकमा मधेश मुद्दामाथि प्रधानमन्त्री ओली सकारात्मक भएको, आफ्ना केही मागहरु पुरा भएकोले सरकारलाई सहयोग गर्नुपर्छ भन्ने धारणा आएको छ’, उनले भने ।
‘छिट्टै अर्को बैठक बसेर सरकारमा सहभागिताबारे निर्णय गर्र्छौ’, उनले भने, ‘सरकारमा कसको नेतृत्वमा सहभागि हुने, कति मन्त्रालय दावी गर्ने, कुनकुन मन्त्रालय लिने भन्नेबार कुनै निर्णय भएको छैन ।’
बालुवाटार स्रोतका अनुसार जसपाले ८ वाट मन्त्रालय दावी गरेका छन् । राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागि हुने तयारी भइरहेको जनाएको छ । प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकारलाई कठिन अवस्थामा सहयोग गरेको भन्दै सरकारमा आउन आग्रह गरिसकेका छन् ।
यद्यपी पार्टीको निर्णय र सहमतिबीना ओली नेतृत्वको सरकारमा सहभागि भए कारवाही गर्ने उपेन्द्र यादव समूहले चेतावनी दिएको छ ।
आइतबार बसेको केन्द्रीय कार्यकारीणी बैठकले पार्टीलाई थाहै नदिइ संविधान संशोधन कार्यदलमा बसेको, बैठक स्थगित गरी ओली सरकारलाई सहयोग गरेको, गुटगत भेला गरी पार्टीलाई कमजोर बनाएको आरोप लगाउँदै अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टिकरण सोधिएको छ ।
जसपाकी नेतृ रेणुकुमारी यादवले ओली नेतृत्वको सरकारमा सहभागि हुने पार्टीको कुनै योजना नरहेको बताइन् । ‘पार्टीका बहुमत सदस्यहरुले निरङ्कुश ओली सरकारको विरुद्ध संघर्ष गर्नु पर्छ भन्ने धारणा राखेका छन् । ओली अहिले अप्ठयारोमा परेपछि मधेशमामिलामा आँशु चुहाएकामात्र हुन् । ओलीको नियत ठीक भएको भए तीन वर्षसम्म हाम्रा मुद्दामाथि क्याविनेटमा प्रश्न उठाउँदा समेत कुनै वास्ता नगरेका ओलीले अहिले एकाएक मधेशका मुद्दामा आँशु झार्नुको कुनै अर्थ छैन । ओलीको यो सबै छलछाम र धोकाधडी राजनीतिमात्र हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: