Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

नेप्सेमा १४ अर्ब ७६ करोडको कारोवार

खबरडबली संवाददाता

काठमाडौँ । धितोपत्र बजारमा हरेक दिन जसो नयाँनयाँ रेकर्ड कायम भइरहेको छ । सोही क्रममा आज पनि नयाँ रेकर्ड बनेको छ । नेपवाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार हालसम्मकै कारोवार रकम उच्च देखिएको छ । कारोवार मापक परिसूचक नेप्से १.२० अङ्कले घटेर दुई हजार ८१५.३९ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोवारमा मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ ले घटेर ५०३.७० मा ओर्लेको छ । 

कूल २१५ कम्पनीको चार करोड १८ लाख १३ हजार ९४४ कित्ता शेयर  रु १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार ४२ मा कारोवार भयो । बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब छ अर्ब ७६ करोड ८० लाख ४४ हजार ५२७ बराबर भएको छ । 

कारोवार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ६.४६, होटल तथा पर्यटन १४.८३, अन्य २४.०२, लघुवित्त १९१.६९, जीवन बीमा १३६.३६ र लगानी ०.६७ बिन्दुले घटेको छ । यस्तै, व्यापार २८१.५३, विकास बैंक ११४.३३, जलविद्युत् १३१.७८, वित्त ३६.८१, निर्जीवन बीमा १४२.२९, उत्पादन ३२.६ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले बढेको छ । 

कारोवारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४३ करोड २८ लाख ३४ हजार ४०१ बराबरको कारोवार भयो । यस्तै, अरुण काबेली पावर ३७ करोड ७४ लाख नौ हजार ८८८, चिलिमे जलविद्युत् कम्पनी रु ३७ करोड  तीन लाख ११ हजार ९९६, युनाइटेड मोदी रु ३५ करोड ५४ लाख ५८ हजार १२९ र नेपाल पुनःबीमा कम्पनी रु ३० करोड ५१ लाख ८५ हजार ७७४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रोका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । ती कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, अरुण काबेली ९.९८ र रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाए । 

यस्तै समता लघुवित्त ५.२३, मेरो माइक्रोफाइनान्स ५.०६, एनएमबी माइक्रोफाइनान्स ४.८४, एनआइसि एशिया लघुवित्त ४.८४ र नेरुडे लघुवित्तका लगानीकार्तले ४.७३ प्रतिशतले गुमाए । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनका कारण लघुवित्त कम्पनीका शेयर भने आज ओरालो लागेको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई लघुवित्त कम्पनीको शेयर खरिदमा समयसीमा तोकेको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: