Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८० बुधबार | 29th November, 2023 Wed

कोरोना कहरले यातायात क्षेत्र बढी प्रभावित

रासस

महेन्द«नगर । सार्वजनिक बस ५३४ वटा रहेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली यातायात बहुउद्देशीय कम्पनी यतिबेला कोरोना कहरबाट सबैभन्दा बढी प्रताडित छ । अघिल्लो चैतको दोस्रो साताबाट स्थानीय प्रशासनले लकडाउन गर्दा यहाँ भएका सबै बसहरु बसपार्कमा थन्क्याएको कम्पनीमा आवद्ध सयौं बस व्यवसायी बैंकको व्याज तिर्न नसक्ने अवस्थामा छन् भने बसमा चालक र सहचालक भएर जिविका चलाइरहेका मजदूरहरु अहिले अलपत्र छन् ।

महाकाली यातायात बहुउद्देशीय कम्पनीका डम्बरदत्त पन्त बस व्यवसायीहरुको अर्बौको लगानी डुब्ने अवस्थामा पुगेकोप्रति चिन्तित हुनुहुन्छ । “ गत असोजमा पहिलो चरणको कोरोना कहर सामान्य भएपछि केही दिन सीमित बसहरु सञ्चालनमा आए”, अध्यक्ष पन्तले भने, “ त्यो बेला पनि स्वास्थ्य सर्तकता अप्नाउदै बीस प्रतिशत यात्रुले मात्रै यात्रा गरेका थिए ।”

भारतसित सीमान जोडिएको कञ्चनपुरबाट महेन्द्रनगर– नयाँ दिल्ली, महेन्द्रनगर–हरिद्धार र महेन्द्रनगर–देहरादुन रुटमा चल्ने यातायात अझ बढी चौपट भएका छन् । कोरोना नियन्त्रणका लागि सरकारले नेपाल–भारत सीमा नाका बन्द गरेयता यहाँबाट भारतका विभिन्न शहरहरुमा सञ्चालनमा रहेका बसहरु झण्डै २२ महिनादेखि बन्द छन् । “ महाकाली याातायातका मात्रै १९ वटा गाडी भारत चल्थे”, पन्तले भने, “ बैंकहरुले कर्जा असुली निरन्तरता दिँदा बस साहुहरु निकै तनावमा छन् ।”

महाकाली यातायातसँगै यहाँ रहेको पवनदुत र शुक्लाफाँटा यातायातको अवस्था पनि उस्तै कहालीलाग्दो छ । करिब सात सय भन्दा बढी सार्वजनिक यातायात रहेको कञ्चनपुरमा अहिले भारतबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने यात्रुहरुलाई गन्तव्यमा पु¥याउन पाँच देखि सात वटा बस सञ्चालनमा रहेको अध्यक्ष पन्तको भनाइ छ । “ भारतबाट आउनेहरुमा सङ्क्रमणको दर उच्च हुँदा हाम्रा बस मजदूरहरु बिना भ्याक्सिजन जोखिम मोलेर गन्तव्यमा पु¥याउने काममा खटिएका छन्”, उनले भने,“बस मजदूरहरु पनि कोरोना भ्याक्सिन लगाउनमा राज्यको प्राथमिकतामा पर्नुपर्छ ।”

उनले भारतबाट फर्किरहेका दैनिक सयौं यात्रुहरु लिएर बस मजदूरहरु काठमाडौँ, नेपालगञ्ज, सुर्खेत, दैलेखका साथै सुुदूरपश्चिमका पहाडी जिल्लासम्म पुगिरहेको बताए । “ निषेधाज्ञा अवधिको बैंक व्याजसम्म छुट गराउन राज्यले पहल गरिदिनुपर्छ”, उनले भने,“ सार्वजनिक यातायातले नै यहाँको पर्यटन र होटल व्यवसाय क्षेत्र पनि चलायमान बनाउँदै आएको थियो ।”

लामो समयदेखि कोरोना कहरको मार खेपिरहेका बस व्यवसायीहरुलाई सहुलियत हुने खालका प्याकेजहरु सरकारले ल्याइदिनुपर्ने व्यवसायीहरुको माग छ । उनीहरुले यातायात क्षेत्र नराम्ररी प्रभावित हुँदा आफूहरुले पेशा नै परिर्वतन गर्नुपर्ने अवस्थामा पुग्ने अवस्था आइरहेको पीडा पोखेका छन् । त्यसैगरी महाकाली यातायत समितिका पूर्व अध्यक्ष नवीन भट्टले कोरोना कहरले यातायात क्षेत्र निकै प्रभावित बनेको बताए । “ भारत बसहरु नचलेको १५ महिना भयो, किस्ता तिर्नै समस्या छ”, उहाँले भन्नुभयो,“यता गाडी बन्द हुँदा बैंकमा किस्ता बुझाउँनुपर्दा व्यवसायी समस्यामा छन् ।”

त्यसैगरी यहाँको पवनदुत बस व्यवसायी कम्पनी प्रालिका उपाध्यक्ष महेश बोहराले बसहरु लामो समयदेखि थन्किदा बिग्रिन थालेको बताए । “ बसहरु सञ्चालनमा नआउँदा बसपार्ककै टायर पड्किने, इञ्जिनमा खराबी लगायतका समस्या देखिन थाले”, बोहराले भने, “ आर्थिक रुपले पनि लाखौंको नोक्सानी व्यहोर्न बाध्य छौं ।” उनले अहिलेको महामारीको अवस्था क्रमिक रुपमा सुधार आउन थालेपनि यातायात क्षेत्र लयमा फर्किन समस्या लाग्ने बताए । “ यात्रुहरु कोरोनाको त्रासले सार्वजनिक यातायात प्रयोग गर्न नै केही समय डराउने स्थिती छ”, उनले भने, “ स्वास्थ्य सर्तकता सबै क्षेत्रमा अप्नाउन जरुरी छ ।” 
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अष्ट्रेलियामाथि भारतको विशाल लक्ष्य

काठमाडौँ। युवा ओपनर रितुराज गायकवाडको शतकमा भारतले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २३ रनको विशाल लक्ष्य दिएकोछ । गुवाहाटीमा टस हारेर पहिला...

काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने

काठमाडौँ।  काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । अबदेखि महानगर क्षेत्रभित्रका...

प्रभु साहको पार्टीको निर्णय : बद्रिप्रसाद न्यौपानेलाई निर्दोष सावित नहुदासम्म जिम्मेवारीबाट हटाइने

काठमाडौँ। प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीले गौर हत्याकाण्डलगायतका दोषीहरुलाई समाएर बुझाउने निर्णय गरेको छ। मंसिर ११ र १२ गते काठमाडौँस्थित म...

देउवाको आश : खाणले न्याय पाउँछन्

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफू आशावादी रहे...

नेपाल सुपर लिगः अग्रता जोगाउन नसक्दा चितवन र काठमाडौँ बराबरीमा

काठमाडौं। इन्जुरी समयमा सम्हालिन नसकेपछि एफसी चितवन  नेपाल सुपर लिग (एनएसएल) मा ऐतिहासिक जितबाट बन्चित भएको छ । चितवन एनएसएलको दोस्रो संस्करणअन्तर्...

लागूऔषध ब्राउन सुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

स्याङजा। लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका प्रतिवादी आज पक्राउ परेका छन्।   स्याङजास्थित फेदिखोला गाउँपालिका २ उपल्लो कु...

यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौँ।  नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। देव खनालको कप्तानीमा मंगलबार १४ सदस्यीय राष्ट्रिय टोल...

नामिबिया टी२० विश्वकपमा छनोट

काठमाडौँ। नामिबिया लगातार तेस्रो पटक आईसीसी टी२० विश्वकपमा छनोट भएको छ। घरेलु मैदानमा आयोजना भएको अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिय...

घुस लिँदालिँदै नायव निरीक्षक पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थाम...

काठमाडौँलाई चाँडै मेलम्चीको पानी खुवाउँछु : खानेपानीमन्त्री

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन् ।  काठमाडौंवासीले सो पानी एक हप्ता भ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies