Ntc summer Offer
Khabar Dabali ४ कार्तिक २०८१ आईतवार | 20th October, 2024 Sun
Investment bank

महामारी रोकथाममा स्वयंसेवा गर्दै नेपाल स्काउट

रासस

काठमाडौँ । नेपाल स्काउटले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षात्मक क्रियाकलापलगायत विभिन्न सामाजिक गतिविधिलाई अभियानकै रुपमा जारी राखेको छ ।

गतवर्ष महामारी शुरु भएपछि स्काउटले युनिसेफसँगको सहकार्यमा कोरोनाबाट बच्न हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षात्मक क्रियाकलाप परिपालन गर्न गराउन शुरु गरेको तथा देशव्यापीरुपमा एसएमएस अभियानलाई अहिले परिमामर्जनसहित निरन्तरता दिएको छ । यस अभियानमा ४०० स्काउट स्वयंसेवक प्रत्येक दिन कोरोना सङ्क्रमणबाट बच्ने उपाय सिकाउँदै सक्रियरुपमा लागिरहेको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए ।

स्काउटले खोप केन्द्रमा सहजीकरण गर्ने क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानका २१ खोप केन्द्रमा १२५ स्काउट स्वयंसेवी परिचालन गरेको छ भने चिकित्सकसँग बिरामीलाई सम्पर्क गराउन प्रदेश नं. १, बाग्मती र लुम्बिनी प्रदेशमा अनलाइन स्वास्थ्य परामर्श सेवा सञ्चालन गरेको छ । परामर्शबाट हालसम्म ५९ जना चिकित्सकले करीब ५०० भन्दा बढी बिरामीलाई सेवा दिएका छन् ।

यसैगरी स्काउटले कोभिड भन्दा बाहेकका अन्य बिरामीका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । यो सेवामा स्काउटको वागमती  प्रदेश समिति सदस्य अजित लामा, प्रदेश समिति सदस्य एवं पर्वतारोही प्रकाशराज पाण्डे र ललितपुर महानगर समिति सदस्य विकेन्द्र महर्जन परिचालित रहेका छन्  ।

यस्तै स्वास्थ्यकर्मीलाई सम्मान र प्रोत्साहनका लागि ‘स्यालुट’ कार्यक्रम, विभिन्न स्थानमा पशुपक्षीलाई आहार वितरण, हेल्प डेस्कको स्थापना, शव व्यवस्थापन, विद्यालयमा मास्क वितरण, हात धुने स्थल स्थापना र सञ्चालन गरिएको संयोजक भण्डारीले जानकारी दिए । सङ्क्रमण फैलनबाट रोक्न ७५ स्थानमा सार्वजनिक हात धुने स्थानको स्थापना गरिएको थियो । सो कार्यमा स्काउटका छ सय २५ स्काउट स्वयंसेवी खटिएका थिए भने ४९ हजार ४३४ नागरिकले प्रत्यक्ष लाभ लिएका थिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy