Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

‘सिल’अवधि लम्ब्याउँदै स्थानीय तह

रासस

काभ्रेपलाञ्चोक । यही जेठ ४ गतेदेखि चार दिन नगर–क्षेत्र ‘सिल’गरेको बनेपा नगरपालिकाले पुनः चार दिन अवधि थप्यो । बनेपाले पछिल्ला दिन जिल्लामै सबैभन्दा बढी कोरोना भाइरस् सङ्क्रमणसदर देखिएपछि गत बुधबार सिलको अवधि दोस्रोपटक पाँच दिन लम्ब्याएको छ ।

जेठ ७ गते पाँच दिन नगर क्षेत्र सिल गरेको धुलिखेल नगरपालिकाले एकैपटक पुनः १० दिन सिलको अवधि थप्यो । जेठ ८ गतेदेखि चार दिन सिल गरेको पनौती नगरपालिकाले पाँच दिन सिल–अवधि थपेको छ । नमोबुद्ध नगर र रोशी गोउँपालिकाले दोस्रोपटक सात दिन सिलको अवधि थपेका छन् । “सङ्क्रमणदर बढिरहेकाले सिल–अवधि दोस्रोपटक लम्ब्याउनुप¥यो, हाल सङ्क्रमणदर केही घटेको छ, थप सिलबारे छल गर्नेछौँ”, बनेपाका नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भने । 

उनका  अनुसार हाल नगरमा थप कडाइ गरिएको छ । नगरपालिकाले मर्निङ–वाकसमेत गर्न दिएको छैन । बनेपा जिल्लाको प्रमुख शहर हो । बनेपामा हाल ५२१ सक्रिय सङ्क्रमित छन् भने २१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

नमोबुद्धले पनि थप गरेको सातदिने नगर क्षेत्रको सिल अवधि जारी छ । पाँचखालले भने जेठ ८ गतेदेखि एकैपटक १५ दिन नगर सिल गरेको छ । उसले भने बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महिना अनुमति खारेज गरी रु ५० हजार जरिवानासमेत गर्ने जनाएको छ ।

मण्डनदेउपुरले दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररुपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण, नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्न नगरले अत्यावश्यक सेवाबाहेक गत बुधबार एकैपटक १० दिन नगरक्षेत्र सिल गर्यो । बेथानचोक गाउँपालिकाको छदिने र भुम्लु गाउँपालिकाको पाँचदिने सिल अवधि जारी छ ।

भुम्लुका अध्यक्ष गुमानध्वज कुँवरले पछिल्ला केही दिनदेखि कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि गाउँपालिका क्षेत्र सिल गर्नुपरेको उल्लेख गर्दै सिल–अवधि थप्नेबारे छलफल भइरहेको बताए । कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै हाल जिल्लाका आठ स्थानीय तहको सिल जारी अवस्थामा रहेको छ । सबै तहले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवावाहक सबै पूर्णरुपमा बन्द गरेको जनाएका हुन् ।

साथै सिल गरिएका स्थानीय तहले फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउनसमेत निर्देशन दिएका छन् । सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले पनि बुधबारदेखि दोस्रोपटक एकै पटक जिल्लामा दश दिन निषेधाज्ञा थपेको छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा जिल्लामा २१४ मा कोरोना सङ्क्रमण पुष्टि भयो । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार पछिल्लो २४ घण्टामा १९७ सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार ५९९ सक्रिय सङ्क्रमित छन् । जिल्लामा सबैभन्दा बढी बनेपामा २० प्रतिशत् अर्थात् ५२१ सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये धुलिखेलमा ४५६, पनौतीमा ३२४, पाँचखालमा ३५०, नमोबुद्धमा १४८ र मण्डनदेउपुरमा २०९ सक्रिय सङ्क्रमित छन् ।

यस्तै रोशीमा १२५, चौँरीदेउरालीमा ६१, तेमालमा ९८, भुम्लुमा १२७, खानीखोलामा २१, बेथानचोकमा १२९ र महाभारत गाउँपालिका ३० सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत् अर्थात् दुई हजार ४७७ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका १२१ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies