Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

कृषिमा ४५ अर्ब ९ करोड विनियोजन

खबरडबली संवाददाता

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् ।

सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।

सरकारले वृद्धभत्ता चार हजार पुर्याएको छ । द्धभत्ताका लागि एक खर्ब बजेट विनियोजन गरिएकाे छ । साथै दुई हजार रुपैयाँ बढाएर वृद्ध भत्ता चार हजार रुपैयाँ पुर्याइएको हो । सरकारले वृद्धभत्तामा ३३ प्रतिशत बजेट वृद्धि गरेको हो ।

सरकारले अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले
सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदान दिने बताए

त्यस्तै अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले सहुलियत घोषणा गरेको छ । कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने बताए ।

सरकारले निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ । अर्थमन्त्री पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको घोषणा गरेका छन् ।

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।  ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

त्यस्तै कोभिड–१९ विरुद्धको खोप र उपचार दुवै निःशुल्क गरेको छ । अर्थमन्त्री पौडेलले टेष्ट किट आयात तथा उपचारका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको बताए । 

उनले अक्सिजन लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीमा कर तथा भन्सार छुट गरेको बताएका छन् ।

त्यस्तै खोप आयातका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको बताए । उनले स्वास्थ्यकर्मीको जोखिम भत्ता पनि कोभिड –१९ महामारी रहेसम्म निरन्तरता दिने बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन...

चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरु सम्मानित

काठमाडौं । चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरु सोमबार राजधानीमा सम्मानित तथा पुरस्कृत भएका छन् । चलचित्र पत्रकारिता दिवसको अबसर पारेर चलचित्र ...

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको र...

नाम राखेर संसदीय समिति बनाउने टीओआरमा सहमति

काठमाडौं । संसदीय छानबिन समिति बनाउने टीओआरमा सहमति जुटाउन कार्यदल सफल भएको छ ।  सहमति पछि टीओआरको ड्राफ्ट बनाउने काम सुरु भएको बताइएको छ । गृहमन्त...

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ...

चिनियाँसँग नक्कली विवाह गराएर महिला बिक्री गर्ने एकजना पक्राउ

काठमाडौं। एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ। प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अ...

चितवनमा टिप्पर र माइक्रोबस ठोक्किदा १३ जना घाइते, दुई जनाको अवस्था गम्भीर

काठमाडौं । चितवनमा टिप्परले माइक्रो बसलाई ठक्कर दिदा १३ जना घाइते भएका छन् । मुग्लिनबाट काठमाडौं आइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाम...

पशुपतिको भेटी चोरी गर्न कोषका कोषाध्यक्ष सुवेदी कै निर्देशन

काठमाडौं। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचार...

मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी’ पाठ्यक्रम

नवलपरासी ।  नवलपरासी  सुस्तापूर्वको मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु गरेको छ । चालु शैक्षिकसत्र २०८१ देखि नगरभित्रका कक्षा १ देखि ८...

अन्तर्राष्ट्रिय अदालतलाई नेतान्याहुको प्रश्न- हमास र इजरायललाई तुलना गर्ने साहस कसरी गर्‍यो ?

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकहरूले हमास नेताहरूका लागि पनि पक्राउ पुर्जी जारी गर्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies