Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कास्कीका स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन कक्ष स्थापना

रासस

कास्की । कास्कीका स्थानीय तहले कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको आधारभूत उपचार गाउँमै गर्ने गरी कोभिड आइसोलेशनकक्ष र अस्पताल निर्माण गरेका छन् । पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तहले आइसोलेशन सञ्चालनमा ल्याएका छन् । जिल्लाको माछापुच्छ«े गाउँपालिकामा हाल कोरोनाका सक्रिय सङ्क्रमित ११५ छन् । नौ वडा रहेको गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा मात्र ६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गत वर्ष कोरोनाको पहिलो चरणमा यस गाउँपालिकामा एक÷दुई जनामा मात्र सङ्क्रमण पुष्टि भएको थियो । शहर कोरोनाको ‘हटस्पट’ हुँदासमेत गाउँमा खासै सङ्क्रमण बढेको थिएन तर यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरले गाउँगाउँमा सङ्क्रमण बढेको छ । गत वैशाख १५ गतेदेखि जिल्लामा निषेधाज्ञा लागू भएकामा निषेधाज्ञाको अवधिमा गाउँमा सङ्क्रमण ह्वात्तै बढेको स्वास्थ्यकर्मी बताउँछन् ।

गाउँपालिकामा लक्षणसहितका सङ्क्रमित बढेसँगै अस्पतालमा उपचारको पहुँच अभिवृद्धि गर्नु र परीक्षणको दायरा बढाउनुु चुनौती रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताए । उनले भने, “गत वर्ष कोरोनाको सङ्क्रमण शहरमा बढी थियो, गाउँमा खासै प्रभाव परेको थिएन तर अहिले भने हामीलाई सङ्क्रमण फैलावट रोक्न ठूलो चुनौती थपिएको छ ।” लक्षण देखिएका बिरामीसमेत परीक्षणका लागि नआउने र स्वास्थ्य मापदण्डको पालना नगर्दा गाउँमा सङ्क्रमण बढेको आचार्यले बताए । माछापुच्छ«ेको सार्दिखोला स्वास्थ्यचौकीमा पनि १० शय्याको आइसोलेशन सञ्चालनमा आएको छ । 

पोखरा महानगरपालिका र जिल्लाका अन्य चारवटा गाउँपालिकामा पनि सङ्क्रमण फैलिएपछि स्थानीय तहले आइसोलेशन सेन्टर निर्माण शुरु गरेका छन् । कोरोनाका बिरामीको आधारभूत उपचार गर्न अक्सिजनसहितको आइसोलेशन अस्पताल व्यवस्थापनमा स्थानीय सरकार जुटेका हुन् । कतिपय स्थानीय तहले नयाँ आइसोलेशन थप गर्दै गएका छन् भने विगतका आइसोलेशनकक्षहरूको क्षमता वृद्धि गर्न लागेका हुन् ।

माछापुच्छ«ेले वडा नं ८ स्थित भेँडाबारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा १३ शय्याको अक्सिजनसहितको आइसोलेशन निर्माण शुरु गरेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दबाडीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका तीन चिकित्सकको प्रत्यक्ष निगरानीमा आइसोलेशनमा बिरामीको उपचार गर्ने योजना गाउँपालिकाको छ । गाउँपालिकाका अधिकांश सङ्क्रमित होमआइसोलेशनमा रहे पनि जटिल स्वास्थ्य अवस्थाका बिरामी पोखरामा उपचार गराइरहेका छन् ।

 

स्वास्थ्य उपकरण, जनशक्ति व्यवस्थापनलगायतका समस्याका कारणले पनि जटिल अवस्थाका सङ्क्रमितलाई पोखरा पठाउने गरिएको बताइन्छ । गाउँपालिकाले कोभिडका बिरामीको उपचारका लागि छुट्टै चिकित्सक व्यवस्था गरेको छ । मादीमा १२ वडा रहेकामा कोरोनाका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजानका लागि दुईवटा एम्बुलेन्स निःशुल्क परिचालन गरेको छ ।

भौगोलिकरूपमा देशकै ठूलो पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाकाले भवनमा १०० शय्याको कोभिड अस्पताल निर्माण गरेको छ । महागनरमा कोरोनाका बिरामी बढ्दै गएको र अस्पतालमा शय्या अभाव हुन थालेपछि महानगरले लान्यस क्लबहरूसँगको सहकार्यमा अक्सिजनसहितको अस्पताल निर्माण गरेको हो ।

महानगर प्रमुख मानबहादुर जिसीले शय्याहरूमा अक्सिजन जडानलगायतका काम सम्पन्न गरेर आगामी बुधबारदेखि बिरामी भर्ना गर्न शुरु गरिने जानकारी दिनुभयो । महानगरले १० दिनको अवधिमा सो अस्पताल निर्माण र स्वास्थ्य सामग्री र उपकरण व्यवस्थापन गरिएको जनाएको छ । अन्नपूर्ण गाउँपालिकाले पनि पाँच शय्याको कोभिड अस्पताल स्थापना गरेर सङ्क्रमितको उपचार शुरु गरेको छ । सो आइसोलेशनमा अक्सिजनलगायतको सुविधा रहेको र २४सै घण्टा चिकित्सको निगरानीमा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको बताइन्छ । रुपा गाउँपालिकाले पनि रुपाकोट अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले बिरामीको उपचार र घरघरमै गएर परीक्षणको दायरालार्ई फराकिलो बनाएको अध्यक्ष नवराज ओझाले बताए  ।

गाउँपालिकाका सम्पूर्ण स्वास्थ्यचौकीमा कोभिडको नियमित स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्यचौकीमा उपचार हुन नसकेमा गाउँपालिकाको अस्पतालमा सिफारिसका लागि एम्बुलेन्स सुविधा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । जिल्लाका स्थानीय तहले स्थापना गरेको आइसोलेशन अस्पतालमा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि यसअघि प्रदेश सरकारले रु पाँच लाख तथा जिल्ला समन्वय समितिले रु १० लाखका दरले सहयोग रकम विनियोजन गरेका थिए ।

जिल्लाका स्थानीय तहले आफ्नै बजेट र साधन स्रोतबाट कोभिड–१९ का विरुद्ध उपचार, एम्बुलेन्स व्यवस्थापन र स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्दै आएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies