Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

सार्वजनिक प्रतिवेदन अनुुुसार चीनका व्यावसायिक उच्च शिक्षा प्राप्त गर्ने ९० प्रतिशतले रोजगारी पाए

रासस

बेइजिङ ।   विगत पाँच वर्षको तथ्याँक विश्लेषण गर्दा चीनका व्यावसायिक उच्च शिक्षा विषय अध्ययन गर्नेमध्ये करिब ९० प्रतिशतले रोजगारी पाएको देखिएको छ । आइतबार सार्वजनिक प्रतिवेदनमा स्नातक अध्ययन पूरा गरेको छ महिनाभित्रै उनीहरुले रोजगारी पाइसकेको उल्लेख छ ।

नेसनल इन्स्टिच्यूट अफ एजुकेसन साइन्सले तयार पारेको प्रतिवेदनमा व्यावसायिक (भोकेसनल) विषयका स्नातकहरुले रोजगारी पाउने अवस्था पाँच वर्षदेखि स्थिर रहेको उल्लेख छ । स्नातक उपाधि प्राप्त गरेका त्यस्ता व्यक्तिको सन् २०१८ र २०१९ मा आफ्नो तलबमानमा ७.३७ प्रतिशतले वृद्धि भएको देखिएको छ । 

स्नातक गरेका ९३ प्रतिशतभन्दा बढीले आफूहरुले प्राप्त गरेको शिक्षाबाट सन्तुष्ट रहेको बताएका छन्, प्रतिवेदनमा समेटिएका विद्यार्थीको भनाई छ ।
प्रतिवेदनका अनुसार, अधिकांश स्नातकले निजी क्षेत्र र व्यक्तिगत व्यवसायमा काम पाएका छन् । उनीहरुले खासगरी शिक्षा, निर्माण, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा काम पाएका छन् । 

प्रतिवेदनमा व्यावसायिक शिक्षाले क्षेत्रीय विकासमा पनि टेवा पु–याएको उल्लेख छ । स्नातक विद्यार्थीमध्ये अधिकांशले आफू बसोबास गरेकै क्षेत्रमा काम गर्न रुचाएको देखिएको छ । करिब ६६ प्रतिशतले साना तथा मध्यम आकारका उद्यममा काम पाएका छन् । यसबाट स्थानीय अर्थतन्त्रको विकासका लागि आवश्यक प्रतिभाहहरु उपलब्ध गराउन ठूलो मद्दत पुगेको पनि प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनले शैक्षिक प्रणाली, विद्यालय सञ्चालन, शिक्षण र विद्यार्थी विकास समेतका विभिन्न विषयलाई मुख्य रुपमा केन्द्रित गरेको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy