Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

तिङ्करमा सशस्त्रको बीओपी : निर्माणको काम शुरु भएको छैन म्याद सकिँदै

रासस

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम शुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरु हुन नसकेको हो ।

व्यास गाउँपालिका–१ को तिङ्कर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बीओपी बनाउने तयारी गरिएको हो । चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिङ्करमा पनि सशस्त्र राख्न लागेको हो । छ महिनाभित्रै प्रिफ्याबको एङ्गलसहितको भवन निर्माण गर्ने सम्झौतामा उल्लेख छ । भवन निर्माणका लागि धुलिखेल प्याराडाइज एण्ड एलबी निर्माण सेवाले ठेक्का पाएको छ । सम्झौता अवधि सकिन एक महिना बाकी रहँदा पनि निर्माण व्यवसायीले निर्माण कार्य शुरु नै गरेको छैन । 

अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गूल्म छाङ्गरुमा भाडाकै घरमा बसेको छ । छाङ्गरुमा अहिले निर्माणको काम भइरहे पनि तिङ्करमा भने काम नै शुरु हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ । निर्माण व्यवसायी लालबहादुर बम भने व्यासको तिङ्करमा छ महिनामा भवन बनाउन नसकिने बताए । “पुसदेखि चैत÷वैशाखसम्मै हिमपात भयो । हिउँ परेको बेला त्यो क्षेत्रमा गएर भवन बनाउन सकिँदैन”, निर्माण व्यवसायी बमले भने, “अहिले मौसम ठिक भएको छ ।”
 
दार्चुलाको तिङ्कर छायालेक समुद्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा पर्दछ । यो क्षेत्रमा निकै चिसो हुने गर्दछ । यही क्षेत्रमा नेपाल प्रहरी पनि बस्दै आएको छ । सशस्त्र प्रहरी पनि सँगै राख्ने गरी भवन निर्माण गरिन लागेको हो ।
 
“अहिलेको छ महिनामा भवन निर्माण गर्न सकिँदैन”, निर्माण व्यवसायी बमले जनाए, “विकट ठाउँ छ । सामान ढुवानी गर्न लकडाउन छ । मजदुर लिन पनि भारतबाट अनुमति पाइने अवस्था छैन । नेपालतिर बाटोको अवस्था थाहा नै छ ।” सरकारले तिङ्करमा बोर्डर आउट पोष्ट बनाउनका लागि रु एक करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो । सरकारले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म राखेको छ । गुल्मअन्तर्गत माथिल्लो कौवा र तिङ्करमा बीओपी राख्ने तयारी छ । व्यास–२ दुम्लीङमा बीओपी स्थापना भइसकेको छ ।

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरीलाई बाह्रैमास व्यासमा राखेको हो । अहिले सशस्त्र कालापानीभन्दा झण्डै १४ किलोमिटर तल गागामा बस्दै आएको छ ।

जोलजीवीमा सशस्त्र प्रहरीको भवन निर्माण हुँदै

मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा नयाँ भवन निर्माण भइरहेको छ । आगामी असार मसान्तभित्र निर्माण सक्ने गरी भवन निर्माण भइरहेको हो । 

भारतसँग सीमा जोडिएको जोलजीवीमा अहिले सशस्त्र प्रहरी भाडाको घरमा बसेको छ । सशस्त्र प्रहरीलाई आफ्नै ब्यारेकमा राख्नका लागि अहिले भवन निर्माणको काम भइरहेको हो । 

भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन भएको थियो । भवन निर्माणको जिम्मेवारी धुलिखेल प्याराडाइज एलबी कन्सट्रक्र्सनले पाएको छ । भवन निर्माणका लागि गत पुसमा निर्माण कार्य सम्झौता भएको थियो ।

अहिले सशस्त्रको लागि प्रिफ्याबको भवन निर्माण हुने छ । भवन निर्माणका लागि एङ्गल राख्ने काम शुरु गरिएको निर्माण व्यवसायी बमले बताए । “भवन निर्माण शुरु गरेका छौँ, असारभित्रै काम सकिन्छ”, उनले भने, “अहिले निषेधाज्ञाका कारण समयमै सममान निर्माणमा स्थलमा पु¥याउन ढिलाइ भएको हो, अहिले कामदारसहित फिल्डमा खटाइएको छ ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy