चीन । चीनले सन्तान नीति परिवर्तन गरेको छ । चिनियाँ दम्पतिले अब तीन सन्तानसम्म जन्माउन पाउने भएका छन् ।
यसअघि चीनमा दुई सन्तानभन्दा बढी जन्माउन नपाइने नियम थियो । पछिल्ला वर्ष प्रौढ जनसंख्या बढेपछि चीनले सन्तान नीति परिवर्तन गरेको छ ।
चीनमा विगतमा एक सन्तान नीति थियो । तर त्यस नीतिलाई सन् २०१६ मा परिवर्तन गरी चिनियाँ दम्पतीले दुई सन्तान जन्माउन पाउने नियम ल्याएको थियो । तर त्यस्तो नीतिले चीनमा जन्मदर बढेन । जसका कारण चीनले तीन सन्तान नीति ल्याएको स्थानीय समाचार एजेन्जी सिन्ह्वाले लेखको छ । नयाँ नीतिलाई राष्ट्रपति सि चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकले अनुमति दिएको छ ।
चीनको नयाँ सन्तान नीतिप्रति चिनियाँ नागरिकले सकारात्मक प्रतिक्रिया नजनाएको रोयटर्सले लेखेको छ । स्थानीय सामाजिक सञ्जालमा चिनियाँले आफूहरूलाई एक वा दुई सन्तान हुर्काउनै गाह्रो रहेकाले तीन सन्तान नीतिको अर्थ नभएको प्रतिक्रिया दिएका छन् । मे को पहिलो साता सार्वजनिक तथांक अनुसार चीनमा जन्मदर घटिरहेको छ ।
चीनमा सन् २०१९ मा करिब एक करोड ४६ लाख बच्चा जन्मेका थिए । सन् २०२० मा भने जन्मिएका बच्चाको संख्या एक करोड २० लाख रहेको छ । यो जन्मदर पछिल्लो ६ दशकयताकै कम रहेको बताइएको छ । (रोयटर्स)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: