जाजरकोट । उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् ।
तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, “उपल्लो डोल्पामा कोरोनाको जस्तै लक्षण देखिएका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । डोल्पोबुद्धका चार कर्मचारीलाई हेलिकप्टरबाट गाउँपालिकाकै खर्चमा सुर्खेत ल्याई परीक्षण गर्दा कोभिड पुष्टि भएको थियो । सो कुरा जिल्लादेखि प्रदेश र सङ्घ सरकारलाई समेत जनकारी गराइएको थियो, तर कोरोना परीक्षणदेखि कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत राज्यका कुनै निकायबाट गाउँपालिकाहरूले सहयोग पाउन सकेनन् ।”
उपल्लो डोल्पाका स्थानीयवासीले अक्सिजन, व्यक्तिगत सुरक्षा सामग्री तथा औषधिलगायतका सामग्री पाएका छैनन् । पटकपटक सङ्घ र प्रदेश सरकारसँग माग गर्दा पनि गम्भीरतापूर्वक नलिइएको डोल्पो जनजाति विकास केन्द्रका अध्यक्ष ग्याल्पो थापा भोटेको दुखेसो छ । “चाँडोभन्दा चाँडो माग पूरा गर्न सरकारलाई माग गर्छौँ”, डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले भने । स्थानीय तहले तत्काल ४०० देखि ४५० केजी औषधिका साथै आवश्यक किट हेलिकोप्टरबाट शे–फोक्सुण्डो गाउँपालिकाको सालदाङ र डोल्पोबुद्ध गाउँपालिकाको धोमा पठाइदिन आग्रह गरेका छन् । खच्चडमार्फत उपल्लो डोल्पा लैजाँदा धेरै समय लाग्ने हुँदा हेलिकोप्टर प्रयोग गर्न आग्रह गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: