Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

टीकापुर अस्पतालमा सङ्क्रमित महिलाको सफल प्रसूति सेवा

रासस
टीकापुर । टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित महिलालाई प्रसूति सेवा दिइएको छ । सुत्केरी ब्यथा लागेर अस्पताल आएकी एक महिलालाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरले सेवा दिएका हुन् । 
 
दश दिनअघि अस्पतालमा बच्चा जन्माएकी महिलाको शिशुमा समेत स्वास्थ्य समस्या देखिएको थियो तर बच्चाको कोरोना परीक्षण गर्दा सङ्क्रमित थिएन । टीकापुर अस्पतालमा कोरोना सङ्क्रमितलाई सुत्केरी सेवा दिन छुट्टै प्रसूति कक्ष तयार छैन । 
 
तर महिलालाई व्यथा लागेर आएकाले अस्पतालले छुट्टै राखेर सेवा दिएको कोरोना फोकल पर्सन डाक्टर रमेश उपाध्यायले बताए । ‘‘अस्पतालमा छुट्टै सङ्क्रमित महिलालाई प्रसूति सेवा दिनका लागि बेग्लै कक्ष छैन, यस्तो समस्या पनि आएको थिएन । ती महिला चाँही सङ्क्रमित हुनुहुदो रहेछ, व्यथा लागिसकेको थियो’’, डाक्टर उपाध्यायले भने, ‘‘उहाँ बाहिर जाने अवस्था पनि थिएन, सुरक्षित तवरले उहाँलाई छुट्टै राखेर सेवा दियौँ । अस्पतालको टिम उनी र उनको बच्चा कसरी जोगाउने भन्नेमा केन्द्रीत रह्यो ।’’
 
सुत्केरीपछि बच्चामा स्वास्थ्य समस्या देखिएको थियो । बच्चा जन्मेको केही समयमा श्वासप्रश्वास र मुटुको गतीमा समस्या भएपछि चिकित्सकले कृत्रिम श्वासप्रश्वास दिइ उपचार गरेको थियो । जटिल अवस्था र आइसियु आवश्यक परेको बच्चालाई अस्पतालका बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुर लगायतको टिमले बचाउन सफल भएका छन् । ‘‘बच्चा जन्मेको केही समयमा बच्चाको श्वासप्रश्वास र मुटुको गती नचलेपछि हामीले कृत्रिम श्वासप्रश्वास दियौँ, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टिम बच्चा कसरी जोगाउने भन्ने प्रयासमा रह्यौँ’’, डाक्टर ठाकुरले भने, “बच्चालाई आइसियु आवश्यक थियो । हामीकहाँ आइसियु तथा भेण्टिलेटर नभएकाले बच्चा बाहिर लैजानु आवश्यक थियो । बच्चाका आफन्तले लैजान नसक्ने भनेपछि हामीले सक्दो प्रयास ग¥यौँ, ४ घण्टापछि बच्चाले सास फे¥यो ।’’ डाक्टर ठाकुर बच्चा स्वस्थ भएपछि जीवनको सबैभन्दा ठूलो खुशी प्राप्त भएको बताए । करिव एक साता अस्पतालमा उपचारपछि आमा र बच्चा स्वस्थ भएर डिस्चार्ज भएका छन् ।
 
कैलालीको टीकापुरमा रहेको यो अस्पतालमा कैलालीमात्र नभइ बर्दियाको राजापुर नगरपालिकाका नागरिक पनि सेवा लिन आउने गर्दछन् । अस्पतालमा दैनिक ४०० देखि ५०० जनासम्म बिरामीले सेवा लिन्छन् । कोरोना महामारीपछि सङ्क्रमितको उपचार गरिरहेको असपतालले अहिलेसम्म उपचारपछि १३३ जनालाई डिस्चार्ज गरेको छ । अस्पतालमा अहिले पनि १७ जना बिरामीको उपचार भइरहेकोमा ११ जना एचडियूमा, २ कोरोना जनरल वार्डमा र ४ जनालाई अक्सिजन सहित चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको डाक्टर उपाध्यायले बताए । 
 
अस्पतालमा अबको केही दिनमा एनेस्थेसियोलोजिष्ट विशेषज्ञ सेवा समेत शुरु हुने भएको छ । कैलालीको जानकी गाउँपालिकाले एनेस्थेसियोलोजिष्ट विशेषज्ञको तलब खर्च बेहोर्ने भएपछि अब सो सेवा उपलब्ध हुने भएको हो । अस्पतालले यही जेठ १८ गते डाक्टर सुवोध वाग्ले (काठमाडौं) लाई छनोट गरेको टीकापुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रेमकुमार राईले जानकारी दिए । छनोट भएका डाक्टर कार्यालयमा उपस्थित भएपछि सेवा शुरु हुनेछ । अस्पतालमा रहेका सात वटा भेन्टिलेटर, एनआइसीयु तयारी अवस्थामा भए पनि एनेस्थेसियोलोजिष्ट नहुँदा सञ्चालनमा आउन सकेको छैन । यस्तै अस्पतालमा वरिष्ठ कन्सल्टेण्ट अर्थोपेडिक सर्जन सेवारत भए पनि बेहोस पारेर शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बाहिर रेफर गर्नु परिरहेको वाध्यता अब अन्त्य हुने भएको छ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies