लहान । कोरोना भाइरस (कोभिड—१९) फैलिन नदिन सरकारले स्थानीय प्रशासनले एक महिनादेखि गरेको निषेधाज्ञाका कारण कुखुराको चल्ला र दानाको आपूर्ति नहुँदा कुखुरापालक किसानहरु मारमा परेका छन् । निषेधाज्ञाको कारण सवारी साधन नचल्दा दानाको आपूर्ति हुन नसकेपछि पोल्ट्री फर्महरुमा रहेका कुखुराहरु दुब्लाउँदै मर्ने अवस्थामा पुगेका हुन् ।
लाखौंको लगानीमा सञ्चालित फर्महरुमा दुई महिनाभन्दा बढी समयदेखि जारी बन्दाबन्दीका कारण दाना नआएपछि समस्यामा परेको कुखुरापालक किसानहरुले गुनासो गरेका छन् । कुखुराको दाना नै नपाएपछि कुखुरा तथा चल्लाहरुलाई गहुँ तथा चामल खुवाएर जेनतेन ज्यान जोगाउने गरिएको सिरहाको नवराजपुरका कुखुरापालक किसान सकुर मियाँले बताए ।
दाना अभावले कुखुराहरुको तौल घट्दै गएकाले तरकारीको भाउमा बेच्न थालिएको उनले दुखेसो पोखे । “ऋण लिएर कुखुरा व्यवसाय शुरु गरेको थिएँ” सकुर मियाँले भने, “तर निषेधाज्ञाले गर्दा लगानी समेत डुब्ने अवस्था आएको छ, अझै केही दिनसम्म दाना नआए भएको कुखुरा र चल्ला समेत भोकै मर्ने अवस्था भइसकेको छ ।” चल्ला र दानाको अभाव भएपछि कुखुरापालनप्रति नै उहाँ निराश देखिनुहुन्छ ।
घर नजिकै पोल्ट्री फार्म सञ्चालन गरी दुई वर्षदेखि कुखुरापालन गर्दै आएका उनले कुखुरा तथा चल्लाका लागि दाना ढुवानीको वैकल्पिक व्यवस्था मिलाइए कुखुरा तथा चल्लाहरुलाई राहत हुने उनको भनाइ छ । “उत्साहका साथ कुखुरापालन शुरु गरेकामा लामो निषेधज्ञाले सबै चल्ला बर्बाद भएको छ”, अर्का कुखुरापालक किसान सिरहाको भगवानपुर गाउँपालिकाको ठाडीका सञ्जीव साहले भने, “अहिले दानाको अभावमा कुखुराहरुको ज्यान जोगाउन समस्या छ, गहुँ र पानी खुवाएर कुखुराहरु सहज रुपमा बाँच्ने अवस्था छैन ।”
कुखुरा फर्ममा हाल १५० वटा कुखुरा रहेपनि तिनलाई खुवाउने दाना नहुँदा एकातिर पालन गर्न कठिनाइ भइरहेको छ भने अर्कोतर्फ खानयोग्य भइसकेको कुखुरा पनि बिक्री गर्न पनि सकिरहेको छैन् उनको दुखेसो छ । सरकारले कुखुरापालनमा लागेकाहरुलाई प्रोत्साहनस्वरुप राहतको व्यवस्थापन मिलाई दिनुपर्ने उनको आग्रह छ ।
“एक त कुखुराहरु दाना अभावले तौल बढिरहेको छैन भने अर्कोतर्फ विक्रीका लागि तयारी अवस्थामा रहेका कुखुराहरु सुक्नै लागेको छ” सोही ठाउँका अर्का कुखुरापालक किसान मो। इद्रिसले भन्नुभयो,“कोरोना भाइरसको त्रासका कारण कुखुरा खाने उपभोक्ताहरु घटेकाले तरकारीकै भाउमा विक्री गर्नुपर्ने अवस्था आइपुगेको छ ।” ऋण काट्ेर कुखुरा फर्म सञ्चालन गरेको तर, कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको निषेधज्ञाका कारण धरासायी बन्न पुगेको उनले बताए ।
यस्तो समस्या केबल उहाँहरुको मात्रै होइन्, सिरहामा कुखुरापालन गर्दै आएका अधिकांश कुखुरापालक किसानहरुको समस्या हो । सिरहामा करीब ५०० भन्दा बढी पोल्ट्री फार्महरु सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ । कुखुरापालक कृषकहरुको समस्याप्रति सम्बन्धित निकायले ध्यान नदिए कुखुरापालन धरासायी हुने निश्चत रहेकोले सरोकारवालाहरुलाई गम्भीरतापूर्वक लिन व्यवसायीहरुले समेत माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: