Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सामुदायिक वनमा काठ चोरी घटनामा वृद्धि

रासस

टीकापुर । कैलालीका सामुदायिक वनमा काठ चोरीका घटना बढेका छन् । यहाँ लकडाउन भएको ३७ दिन पुगेका छ । लकडाउनको समयमा सबै मानिस घरभित्रै बस्ने भएकाले तस्कर तथा चोरीमा संलग्नहरु वन ताक्न थालेको गुनासो वनकर्मी नै गर्न थालेका छन् । 

यतिबेला सामुदायिक वनमा वन हेरालुले गस्ती गर्न नसकेका कारण काठ चोरीका घटना बढेका छन् । कोरोना सङ्क्रमणका कारण सामुदायिक वन संरक्षणसँगै अन्य गतिविधि गर्न नसकेको सामुदायिक वनका पदाधिकारी बताउँछन् । वन हेरालु दिउँसोका समयमा गस्ती गर्ने भएकाले दिउँसोभन्दा रातिको समयमा सामुदायिक वनमा काठ चोरी भइरहेको उनीहरुको गुनासो छ । 

काठ चोरी गर्नेहरु योजना बनाएर रातिको समयमा आउने भएकाले नियन्त्रणमा समस्या भएको शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम विश्वकर्माले बताए । “रातिको समयमा वनमा काठ चोरीका घटना बढेका छन्, रातिको समयमा गस्ती गर्न समस्या भएको छ”, अध्यक्ष विश्वकर्मा जनाए, “विपत्ति तथा महामारीको समयमा तस्कर सल्बलाएका छन् ।”

कैलालीको जगतपुर सामुदायिक वनमा केही दिनअघि सयौँ क्युफिट काठ चोरी भयो । तस्करको समूहले सयौँ क्युफिट काठ काटेको सूचना स्थानीयवासीले दिएपछि तस्करले काटेको काठ वन समितिले नियन्त्रणमा लिएर घाटगद्दी गरेको छ । “काठ चोरीबारे अनुसन्धान भइरहेको छ, लकडाउनको मौकामा चोरीका घटना बढेका छन्, सामान्य चोरीका घटना अन्य बेला पनि भइरहन्छन्”, जगतपुर सामुदायिक वनका अध्यक्ष रेशमलाल चौधरीले भने, “संरक्षण समिति र वन हेरालुले नियमित गस्ती गरेका छन्, अब उपभोक्ताको सहयोग लिएर गस्ती थप बढाउने योजनामा छौँ ।”

नियमित सचेतना र नियमित हेरालुको गस्ती गरिरहेको चेतना सामुदायिक वनमा भने अहिले चोरीका घटना नभएका अध्यक्ष बलबहादुर रावलले बताए । “हाम्रो वनमा बर्सातको समयमा नदीमा काठ बगाएर चोरी गर्ने सक्रिय हुन्छन्, बर्सातमा वनमा काठ चोरीका घटना बढ्छन्”, अध्यक्ष रावलले भने, ‘‘नदीमा पानीमा काठ बगाएर चोरी गर्नेलाई नियन्त्रण गर्न चुनौती छ, यसबारेमा समेत वन समितिमा छलफल गर्ने भएका छौँ, कोरोना सङ्क्रमण फैलिएपछि सामुदायिक वनका अन्य गतिविधि सञ्चालनमा समेत समस्या भएको छ ।”

त्यस्तै महिला जागृति सामुदायिक वनले बर्सातको समयमा हुने वन कटानी रोक्नका लागि तटबन्ध गर्ने योजना बनाएको थियो । महामारीका कारण तटबन्धको काम गर्न नसेकेको अध्यक्ष चन्दा विकले बताए । “यो समयमा गाउँमा मानिस फुर्सदिला भएर वनजङ्गल जान थाल्दा चोरीका घटना बढ्न सक्ने भएकाले हामीले गस्ती बढाएका छौँ”, उनले भने, “हाम्रो वनमा सबै महिला भएकाले पनि चोरीका घटना अन्य वनको तुलनामा कम हुन्छन् ।”

लकडाउन भएपछि नागरिक बजारतिर हिँड्न नपाउँदा सामुदायिक वन, नदी तथा खोलातिर जान थालेको सब डिभिजन वन कार्यालय लम्कीका सहायक वन अधिकृत सोमलाल घलान बताए । “नागरिकलाई फुर्सद हुँदा दाउरा, तरकारी लगाउन आवश्यक रुखका हाँगा काट्ने बढेका छन्”, सहायक वन अधिकृत घलान भन्नुहुन्छ, “दाउरा सङ्कलन र साग टिप्ने बहानामा यतिखेर वनमा चोरी तस्करी बढ्यो भन्ने गुनासो बढेको छ, वन कार्यालयमा उजूरी भने आएका छैनन्, सामान्य काठदाउरा चोरीमा संलग्नलाई सामुदायिक वन आफैँले कारबाही गरिरहेका छन् ।” 

सहायक वन अधिकृत घलान आफूहरुले नियमित गस्ती गरिरहेको बताउनुहुन्छ । “यो समयमा सामुदायिक वनलाई पनि सामाजिक दूरी कायम गरेर गस्ती बढाउन भनेका छौँ”, उनले भने, “यस्तो जोखिमका समयमा तस्कर तथा आपराधिक मानसिकता भएकाहरु वन मास्ने योजना बनाउन सक्छन् भनी सतर्कता अपनाउन भनेका छौँ ।”

कैलालीमा ५७६ सामुदायिक वन छन् । त्यसमध्ये ६४ वन महिलाले नेतृत्व गरेका छन् । अझै झण्डै १५० सामुदायिक वन प्रस्तावित अवस्थामा छन् । महिलाले नेतृत्व गरेका वनको तुलनामा पुरुषले नेतृत्व गरेका वनमा चोरीका घटना बढेका छन् । वनको स्रोत र कोष परिचालनमार्फत सामाजिक विकासका क्षेत्रमा समेत सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको छ । 

 

 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies