एमआइटी ग्रुप फाउन्डेशनद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग
जेष्ठ २४ गते, २०७८ सोमवार 7th June, 2021 Mon१६:३४:०७ मा प्रकाशित
रासस
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण प्रतिकार्यका सन्दर्भमा नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि सहयोग पु¥याउन सबै तह र तप्कासँग आह्वान गरेका छन् ।
एमआइटी गु्रप फाउन्डेशनमार्फत सहयोगस्वरुप सङ्कलन गरिएको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा उनले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका सिलसिलामा धेरै मुलुकबाट प्राप्त भइरहेको जानकारी दिए । मन्त्री तामाङले भने, “नेपाली जनताको सुरक्षाका लागि ज–जसले जति–जति सकिन्छ सहयोगका लागि सबैसँग आह्वान गर्न चाहन्छु ।”
उनले नेपाली जनतालाई सुरक्षित राख्नका लागि खोपको व्यवस्थापनका साथै अन्य उपचारको प्रबन्धका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताए । उनले प्राप्त सबै सहयोग स्वास्थ्य सेवा विभागमा सङ्कलन गरी सम्बन्धित जिल्लाको माग र आवश्यकताका आधारमा स्वास्थ्य सामग्री पठाउने व्यवस्था गरिएको जानकारी दिए ।
गैरआवासीय नेपाली शेष घले र जमुना घलेद्वारा नेपाल तथा नेपाली जनताको सेवाका लागि स्थापित उक्त फाउन्डेशनले करीब रु तीन करोड मूल्य बराबरका २२० थान अक्सिजन कन्सन्ट्रेटर सहयोगस्वरुप हस्तान्तरण गरिएको प्रबन्धक सञ्चालक सुरेश चित्रकारले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: