काठमाडौँ । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी वाग्मती सरकारले दिएको रु दुई करोडमा रु एक करोड अपुग भएकाले रु एक करोड १८ लाख बराबरको सामग्री सहयोग जुटाएर हस्तान्तरण गरिएको वाग्मती प्रदेशसभा सदस्य श्रेष्ठले राससलाई जानकारी दिए ।
अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले प्रदेशसभा सदस्य श्रेष्ठले यसअघि अस्पतालमै आएर आवश्यक सामग्रीको सूची लिएर उपलब्ध गराउनुभएको बताए । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना फैलिएपछि खरिद प्रक्रिया पनि पूरा गर्न नपाएकाले स्वास्थ्य सामग्रीको अभाव भएका बेला सामग्री पाउँदा स्वास्थ्य सेवा दिन सहज भएको उनको भनाइ थियो । कोरोनाको तेस्रो चरणको लहर पनि आउने अनुमान भइरहेकाले अहिलेदेखि तयारी शुरु गरिएको अस्पतालले जनाएको छ ।
सहयोगी संस्थाका कार्यकारी निर्देशक प्रतीक शर्माले बानेश्वर क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराएको सिभिल अस्पताललाई आवश्यकताका आधारमा सामग्री उपलब्ध गराइएको बताए । दाताबाट बुधबार नै संस्थाको कोषमा सहयोग आएकै दिन अस्पतालमा स्वास्थ्य सामग्री उपलब्ध गराउन सफल भएको उनले जानकारी दिए । निषेधाज्ञाका बीच १५ दिन विभिन्न स्थानमा गई खोजेर स्वास्थ्य सामग्री खरिद गरी उपलब्ध गराइएको हो ।
सुशील कोइराला मेमोरियल अस्पतालमा आइसोलेसन सेन्टर स्थापना
यसैबीच काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगरमा प्रस्तावित सुशील कोइराला मेमोरियल अस्पतालमा आइसोलेशन सेन्टर स्थापना गरिएको छ । प्रदेशसभा सदस्य श्रेष्ठको सक्रियतामा आइसोलेशन सेन्टर स्थापना गरिएको हो ।
सेन्टरमा महानगरपालिकाको वडा नं। १०, ११ र २९ का कोरोना सङ्क्रमितलाई राखिने छ । यस क्षेत्रमा कोरोना सङ्क्रमित भई घरमै आइसोलेशनमा बस्नेलाई पनि अस्पतालका तर्फबाट नर्सिङलगायत चिकित्सकीय स्वास्थ्य सेवा उपलब्ध गराइने अस्पतालका कार्यकारी निर्देशक डा रूपनारायण शाहले बताए ।
आइसोलेशन सेन्टरलाई व्यवस्थित बनाउन वडा नं १० का अध्यक्ष रामकुमार केसी, वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार (काका) लगायत वडा सदस्य, समाजसेवी एवं बुद्धिजीवीले पनि सहयोग गर्ने गरी सहयोग समितिसमेत बनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: