Life insurence
Khabar Dabali १० असार २०७८ बिहीबार | 24th June, 2021 Thu
Himalayan Golden detail page

याङ्ग्री र लार्के खोलाबाट आयोजना सञ्चालन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

रासस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको परीक्षणसँगै याङ्ग्री र लार्के खोलामा समेत तत्काल आयोजना निर्माण कार्य शुरु गर्न निर्देशन दिएका छन् । 

उनले आज प्रधानमन्त्री निवास बालुवाटारमा खानेपानी तथा सरसफाइ मन्त्रालय र मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि याङ्ग्री र लार्के खोलाबाट पनि खानेपानी आयोजना सञ्चालन गर्न निर्देशन दिएका हुन् । 

हाल मेलम्चीबाट न्युनतम् प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ । यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी ल्याउन सकिन्छ । यसबाट उपत्यकामा पछि थप हुन जाने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने अवस्था छ । 

प्रधानमन्त्री ओलीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न निर्देशन दिए  । राजधानीबासीको लामो समय अघिदेखिको सपना पूरा गर्दै गत चैत २१ गते देखि औपचारिक रुपमा मेलम्चीको पानी वितरण थालिएको थियो ।   

प्राविधिक आवश्यकता अनुसार अब सुरुङको पानी पुरै खाली गरेर कुनै समस्या आए नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने छ । खानेपानी मन्त्रालयका अनुसार अब सुरुङलाई पुरै खाली गर्न करिब १० दिन, परीक्षणका लागि केही दिन र पुरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने छ । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल रेडक्रसलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घले नेपाल रेडक्रस सोसाइटीलाई एकसय ‘अक्सिजन कन्सन्ट्रेटर र स्पेयर पार्टस’ सहयोग ग...

भीरबाट लडेर मृत्यु भएको युवकको शव निकाल्न कठिनाइ

गारखा । वन लसुन टिप्न जङगलमा गएका बेला भीरबाट लडेर मृत्यु भएका गोरखाको चुमुनुब्री गाउँपालिका–३, पाङसिङका एक युवकको शव निकाल्न कठिनाइ भएको छ । बौद्ध हि...

फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको ६१ वर्षको उमेरमा निधन

मनिला । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।  लामो समयदेखि सख्त बिरामी परेका अक्वीनो सन् २०...

मोटरसाइकलमा तोडफोड तथा आगजनी गर्ने २ जना पक्राउ

रामेछाप । खाँडादेवी गाउँपालिका–३ आपचौरमा रोकिराखेको मोटरसाइकलमाथि आगजनी र तोडफोड गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । यही असार ८ गते मध्यरात...

चीनमा सरकारकाे तर्फबाट ३ करोड २९ लाख ज्येष्ठ नागरिकले पाए राहत

बेइजिङ । चीनमा झण्डै तीन करोड २९ लाख ज्येष्ठ नागरिकले सरकारका तर्फबाट विभिन्न किसिमका राहत सुविधा प्राप्त गरेका छन् । सरकारी बिहीबार सार्वजनिक गरेक...

फिलिपिन्समा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

मनिला  ।   फिलिपिन्स वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुघैटनाग्रस्त भएको छ ।  सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा ए...

कार्गोको आयात गोदामबाट १३ थान ल्यापटप चोरी, गोकर्णेश्वरबाट चोरीमा संलग्न अधिकारी पक्राउ

काठमाडौं । कार्गोको आयात गोदामबाट ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल ...

हेर्नुस् कोरोनाबाट अत्यन्त प्रभावित १५ देशका सङ्क्रमित र मृतकको संख्या

बेइजिङ ।  जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९५ लाख ९९ हजार ६१७ जना रहेका छन् ।  कोरोन...

मध्यपुर ठिमीबाट तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली डेरा गरी बस्ने जनक बहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे घुम्लु गाउँपालिका–१ ...

१० वर्षपछि राउटे समुदाय सुर्खेतबाट सल्यान बसाइँ सरे

कर्णाली । फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यान ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy