महेन्द्रनगर । कञ्चनपुरमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कोरोना सङ्क्रमित बिरामीको चाप घट्दै गइरहेको छ । कोरोना सङ्क्रमितको उपचारमा सक्रिय यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा सङ्क्रमितको सङ्ख्या धेरैले घट्दै गइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका कोभिड–१९ सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले हाल अस्पतालमा आठदेखि १० सङ्क्रमित उपचाररत रहेको बताए । “वैशाखको दोस्रो लहरका सङ्क्रमितको चापले बाहिर जस्तामुनि राखेर पनि उपचार दियौँ”, डा रोकायाले भने, “अहिले अवस्था सामान्य बन्दै गएको छ ।”
अस्पतालमा वैशाखमा १३० सङ्क्रमितसमेत अस्पतालमा उपचारका लागि आएको तथ्याङ्क छ । त्यसैगरी स्वास्थ्य कार्यालयले हाल जिल्लामा ३२२ सक्रिय सङ्क्रमित रहेका बताए । “दोस्रो लहरमा यहाँ दुई हजार जनासम्म सक्रिय सङ्क्रमित हुनुहुन्थ्यो”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “अहिले परीक्षण गर्दा दर घटिरहेको पाइएको छ ।”
उनले कोरोनाको दोस्रो लहरमा मात्रै कञ्चनपुरमा १६८ ले ज्यान गुमाएको जानकारी दिए । भारतसित सीमानाका जोडिएको गड्डाचौकी नाका र पूर्वी गौरीफन्टा नाकामा भारतबाट स्वदेश फर्किनेको कोरोना परीक्षण जारी छ ।
त्यसैगरी आगामी सोमबारसम्म निषेधाज्ञा जारी राखेको स्थानीय प्रशासनले दैनिक उपभोग्य सामग्री, तरकारी पसल, खाद्यान्न पसल र निर्माण सामग्री खरिदका लागि लकडाउन केही खुकुलो गरेको छ । बजार पूर्णरूपमा नखुले पनि सातामा चार दिन यहाँ मापदण्ड पूरा गरेर बिहानी समय पसल सञ्चालनका लागि अनुमति दिइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले सङ्क्रमणको स्थिति हेरेर लकडाउन सहज गरिने बताए । “अब अवस्था सामान्य बन्दै जाँदा दैनिकीलाई पनि सहज गर्ने भनेका छौँ”, उनले भने, “कोरोना घटे पनि स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०७९ - १७:२५
काठमाडौँ । सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ । त्रिभुवन अन्तरराष्ट्...
आषाढ़ १० गते, २०७९ - १७:११
खोटाङ । आफ्नै हजुरआमा जन्तेढुङगा गाउँपालिका–५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया ...
आषाढ़ १० गते, २०७९ - १६:५१
मस्को । एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो । यहाँको सैनिक कार्...
आषाढ़ १० गते, २०७९ - १६:३२
सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ...
आषाढ़ १० गते, २०७९ - १६:१५
लुम्बिनी । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै दे...
आषाढ़ १० गते, २०७९ - १५:५८
किएभ । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको छ । युद्धले अनिश...
आषाढ़ १० गते, २०७९ - १५:११
काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । आजको बैठकमा सा...
आषाढ़ १० गते, २०७९ - १४:५८
वालिङ । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिकरुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिकरुपमा...
आषाढ़ १० गते, २०७९ - १४:४५
लुम्बिनी । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताएका छन् । उनले उच्च शिक्षा द...
आषाढ़ १० गते, २०७९ - १४:१३
वासिङटन । अन्ततः अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गएराति उक्त विधेयका पारित गरेको हो । सिनेटमा भएको मतदानमा व...
प्रतिकृया लेख्नुहोस्: