Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भर्चुअल कक्षाको विकल्प खोजिनुपर्छ : शिक्षक महासङ्घ

रासस

नवलपुर । असार १ देखि नयाँ शैक्षिक सत्र शुरु भइसकेको छ । सरकारले भर्चुअल कक्षामार्फत विद्यार्थीलाई पढाउन भन्दै नयाँ शैक्षिक सत्र शुरु गरेको हो । नयाँ शैक्षिक सत्र शुरु भए पनि सबै विद्यार्थी भर्चुअल माध्यमबाट पढ्न नसक्ने भन्दै नेपाल शिक्षक महासङ्घले यसको विकल्प खोज्न सरकारसँग माग गरेको छ । नेपाल शिक्षक महासङ्घले बिहीबार भर्चुअल माध्यमबाट पत्रकार भेटघाट कार्यक्रम राख्दै ग्रामीण क्षेत्रका विद्यार्थीले भर्चुअल कक्षा लिन नसक्ने बताएको हो । महासङ्घका केन्द्रीय सहअध्यक्ष पूर्णप्रसाद दबाडीले सामुदायिक विद्यालयका २५ प्रतिशत विद्यार्थीको पनि भर्चुअल कक्षामा पहुँच नभएको बताए ।

‘सरकारले भर्चुअल कक्षा सञ्चालन गर्नू भनेर कसरी भनेको हो ? यहाँ सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको बाध्यता र समस्या अनेक छन्’, दबाडीले भने, ‘कतिपय स्थानमा बत्ती छैन, कति ठाउँमा इन्टरनेटको पहुँच पनि छैन, त्यस्ता ठाउँका विद्यार्थीलाई कसरी भर्चुअल कक्षामा सहभागी गराउन सकिन्छ ?’ भर्चुअल कक्षाको विकल्पमा अन्य वैकल्पिक कक्षाबारे सरकारले ध्यान पुर्‍याउनुपर्नेमा दबाडीले जोड दिए । सुगम शहरी क्षेत्रमा पढ्ने निजी विद्यालयका विद्यार्थीलाई भर्चुअल कक्षा सहज हुने भए पनि सामुदायिक विद्यालयका विद्यार्थीलाई भर्चुअल कक्षामा सहभागी हुन कठिन हुने दबाडीले बताए ।
 
त्यस्तै कोरोना भाइरसविरुद्धको खोप सबै शिक्षक तथा कर्मचारीलाई प्राथमिकताका साथ दिइनुपर्ने सहअध्यक्ष दबाडीले बताए । पहिलो र दोस्रो लहरमा फैलिएको कोरोनाका कारण धेरै शिक्षक, कर्मचारी कोरोना सङ्क्रमित हुनुपरेकाले शिक्षकहरूलाई प्राथमिकतामा राखेर खोप दिइनुपर्ने दबाडीले बताए । त्यस्तै १२ वर्षभन्दा माथिका विद्यार्थीलाई समेत कोरोनाविरुद्धको खोप दिन दबाडीले सरकारसँग आग्रह गरे ।
 
बाल विकास केन्द्रका शिक्षकका लागि सरकारले तलब बढाएको भनेर बजेट भाषण समावेश गरेको भए पनि यसमा सरकारको नियत गलत भएको दबाडीले बताए । बाल विकास केन्द्रका शिक्षकका लागि सङ्घीय सरकारले स्थानीय तहलाई बजेट पठाउनभन्दा सिधैँ शिक्षकहरूलाई दिनुपर्ने दबाडीले बताए । ‘सरकारले बढेको तलब स्थानीय तहमार्फत बाल विकास केन्द्रका शिक्षकलाई पठाउने भनेको छ’, दबाडीले भने, ‘स्थानीय तहले बजेट छैन भनेर बढेको तलब दिन मान्दैनन् ।’

पछिल्लो समय विभिन्न माग राखेर नेपाल शिक्षक महासङ्घ आन्दोलनरत रहेको भन्दै सहअध्यक्ष दबाडीले ती मागबारे सरकार गम्भीर हुनुपर्ने बताए । महासङ्घले वैशाखदेखि तीन चरणको आन्दोलन गरिसकेको छ । असार ५ गते महासङ्घको समीक्षा बैठक बसेर चौथो चरणको आन्दोलन घोषणा गर्नेसमेत दबाडीले बताए । महासङ्घ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सबै सहमति कार्यान्वयन नभएकाले दबाबमूलक आन्दोलन गर्नुपरेको दबाडीले बताए।
 
महासंघका सहअध्यक्ष दबाडीले सङ्घीय शिक्षा ऐन जारी गराउने, न्यून तलबमा काम गरेका बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्घि गर्नेलगायत माग महासङ्घले राखेको बताए । यस्तै शिक्षक, कर्मचारीलाई अबिलम्ब कोभिडविरुद्घको खोप लगाउने तथा कोभिड सङ्क्रमित शिक्षक कर्मचारीको लागि बीमा र नि:शुल्क उपचारको व्यवस्था गर्ने दबाडीले बताए । त्यस्तै हाल संस्थागत विद्यालयमा भएका शिक्षक कर्मचारी निष्काशन गर्ने कार्यलाई रोक्नेलगायतका माग पनि शिक्षक महासङ्घले राखेको उहाँको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

काठमाडौंवासीको धारामा घटस्थापना अघि मेलम्चीको पानी

काठमाडौँ । काठमाडौँवासीले दसैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्ति...

अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस

काठमाडौँ । विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस विविध कार्यक्रमका साथ आयोजना गरिएका समाचार प्राप्त भएका छन् । अबुधावी, बेइज...

कञ्चनपुरमा वर्षा र हुरीले धान बालीमा क्षति, किसान चिन्तित

कञ्चनपुर । भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छन्। खेतको धानमा बाला झुलेका छन् । तर दुई बिघा जमिन खेतीमध्ये आधा ...

आजबाट निःशुल्क सर्वसाधारणले धरहरा चढ्न पाइने

काठमाडौं । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy