Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ बिजोग अवस्थामा

रासस

जाजरकोट । दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ । जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र वर्षायाममा पानीका कारण सुखसँग बस्न नपाएको प्रहरीको भनाइ छ । स्नानकक्ष, शौचालय र खानेपानीको समस्या पनि उस्तै छ ।

आफ्नै भवन भएको ठाउँमा समेत छाना चुहिँदा बस्न योग्य नभएको प्रहरीले गुनासो पटक–पटक गरे पनि मागको सुनुवाइ भएको छैन । चुहिने कच्ची भवनमा सास्तीका साथ दैनिक सेवामा जुटिरहेको प्रहरीले बताएको छ । जिल्ला सदरमुकामको भेरी नगरपालिका–४ स्थित जिल्ला प्रहरी कार्यालयसँगै रहेको भवन जीर्ण हुँदा कतिखेर भत्किन्छ भनेर रातभरि प्रहरीलाई निद्रा नलाग्ने गरेको बताउँछन् ।

प्रहरी नगरपालिकाको स्यालामा भाडाको भवनमा बसिरहेको छ । त्यस्तै वडा नं. १  रिम्नामा आफ्नै भवन भए पनि खानेपानीको अभावमा समस्या हुँदै आएको जाजरकोटका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक मधु थापाले बताए । भेरी–११ जगतीपुर, वडा नं १२ मटेला, वडा नं. १३ मा खरको छानो चुहिने खानेपानी र शौचालयको समस्या रहेको छ । भेरी–३ ठाटीमा भवन अभाव तथा पहिराको जोखिममा रहेका कारण समस्या हुँदै आएको छ । 

पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ गर्खाकोटमा भाडाको घर र वडा नं. ९ पन्चाला दहमा जीर्ण भवनमा बसेर काम भइरहेको र शौचालयको समस्याले गर्दा हैरान भएको प्रहरीले बताएका छन् । बारेकोट गाउँपालिकाको वडा नं. १, २, ५ र ८ मा भाडाको भवनमा बस्न बाध्य भएको प्रहरीले बताएका छन् ।

त्यस्तै नलगाड नगरपालिका–८ मैदेमा भाडामा रहेको भवनमा शौचालय नहुँदा समस्या भएको छ ।  वडा नं  ११ मा समेत भाडामै घरमा प्रहरी चौकी छ । कुशे गाउँपलिका–३ अछार्नीमा रहेको प्रहरी चौकीमा स्नानकक्ष नहुँदा प्रहरीलाई सरसफाइमा समस्या पर्नुका साथै भान्सामा पानी चुहिने हुँदा खाना पकाउन मुस्किल हुने गरेको छ । भाडामा रहेको यस भवन कच्ची माटोले बनेका कारण दैनिक समस्या हुँदै आएको प्रहरीले बताएको छ ।

छेडागाड नगरपालिका–३ दशेरामा रहेको प्रहरीको आफ्नै भवन चुहिँदा प्रहरीलाई सुत्न समस्या हुँदै आएको छ । शिवालय गाउँपालिका–१ छेडाचौरमा भान्साघर चुहिँदा खाना पकाउन मुस्किलका साथै खानेपानीको अभावमा भेरी नदीको फोहर पानी पिउन बाध्य भएको प्रहरीले बताएको छ । वडा नं. ५ को थालारैकरको भवनसमेत भाडामा रहेको छ ।

गाउँमा रहेको प्रहरी चौकीमा बत्ती, खानेपानीलगायतको समस्या हुँदै आए पनि समस्या बुझ्ने कोही नभएको प्रहरीको भनाइ छ । सदरमुकामस्थित जिल्ला कार्यालयबाट गाउँमा रहेका प्रहरी चौकीमा सम्पर्क गर्न खोजे पनि समयमै सम्पर्क हुन नसक्ने अवस्था रहेको जाजरकोटका प्रहरी प्रमुख थापाले बताए । पर्याप्त दरबन्दीसमेत नभएका कारण दैनिक काममा समेत बाधा पुग्दै आएको छ । आकाशमा बादल लाग्ने बित्तिकै प्रहरी चौकीमा सम्पर्क टुट्ने गरेको प्रमुख थापाले जानकारी दिनुभयो । बस्न, खानाका साथै सुत्नका लागिसमेत निकै अप्ठ्यारो हुँदै आएको छ ।

प्रहरीको सञ्चार सेट तथा नेपाल टेलिकमको सेवाले काम नगर्दा दैनिक काम कारवाहीमा समस्या भोग्नुपरेको प्रहरीले बताएका छन् । गाउँमा कच्ची माटाले बनेका घरमा बसेर सेवा दिँदा आफैँ कतिबेला घर भत्किन्छ भन्ने डरले चिन्ता हुने गरेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending