काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्चमा परेको मुद्दामा आजबाट सवैधानिक इजलासमा निरन्तर सुनुवाई हुँदैछ ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ जना न्यायाधीश रहेको संवैधानिक इजलासले जेठ २६ विपक्षीको नाममा कारण देखाउ आदेश जारी गर्दै ७ दिनभित्र लिखित मिसिल झिकाउन आदेश दिएको थियो ।
इजलासको आदेश बमोजिम विपक्षी प्रधानमन्त्री, राष्ट्रपति कार्यलय र सभामुखले असार ३ गते लिखित जवाफ महान्यायधीवक्ताको कार्यलय मार्फत पेश गरिसेका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यराति दोस्रो पटक संसद विघटन गरेकी थिइन । संसद विघटन बिरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन् ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।
रिट निवेदनमाथि निरन्तर सुनुवाइका लागि प्रधानन्यायधीश चोलेन्द्र शामशेर जबराले बरिष्ठतताको आधारमा न्यायधीशहरु दीपक कुमर कार्की, मीरा खड्का, डा. आनन्द मोहन भट्टराई र ईश्वर प्रसाद खतिवडाको संवैधानिक इजलास गठन गरेका छन् ।
यस्तै संवैधानिक इजलासले अदालतको सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च बारबाट २–२ जना वरिष्ठ अधिवक्ता रहनेगरी एमिकसक्युरी मागे गरे बमोजिम दुवैले दुई दुई जना सहयोगी पठाइसकेका छन्। नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकसक्युरीको रुपमा चयन गरेको छ।
त्यस्तै सर्वोच्च अदालत बार एशोसिएसनले पनि वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका भएका छन्।
यसपटक संसद विघटनसम्बन्धि सुनुवाइमा संवैधानिक इजलासले पहिल्यै नै दुवै पक्षका कानून व्यवसायीहरुलाई बहसका लागि कुल ३२ घण्टाको समय दिने आदेश जारी गरेको छ । जसमा रिट निवेदकका तर्फबाट १५ घण्टा र विपक्षी तर्फबाट १५ घण्टामा बसह सक्नुपर्ने छ ।
यस्तै एमिकसक्युरीका तर्फबाट २ घण्टाको समय निर्धारण गरिएको छ । यस हिसाबले अबको १०–१५ दिनमा नेपालको राजनीति चलायमान हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: