Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

नगरपालिकाको आन्तरिक आम्दानीबाट तीन पुल निर्माण

रासस

चितवन । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप तीन पुल निर्माण गरेको हो । वडा नं. २ को लदरी खोला, वडा नं. ९ को चात्रा खोला तथा वडा नं. ७ र ९ लाई जोड्ने पम्फा खोलामा पुल निर्माण गरिएको नगर प्रमुख लालमणि चौधरीले जानकारी दिए । नगरकै आन्तरिक आम्दानीबाट ती पुल बनाइएको हो ।

नगरपालिकाले नगर गौरवका आयोजनामा पारेर ती पुल निर्माण गरेको हो । ‘कोरोना भाइरसले गत वर्ष केही ठूला योजना पूरा हुन पाएनन्’, नगर प्रमुख चौधरीले भने, ‘कोरोना कहरका बीच पनि नगर गौरवका आयोजनासहित अन्य योजनाका काम धमाधम भइरहेका छन् ।’

खैरहनी–९ को सिमलटाँडीदेखि दक्षिणतर्फ सुल्तनामा रु दुई करोड २४ लाखको लागतमा पुल निर्माण गरिएको छ । खैरहनी–७ र ९ लाई जोड्ने सो पुलले दुवै वडाका बासिन्दालाई आवागमन गर्न सहज भएको छ । केबीसी विल्डर कम्पनी भरतपुरले ठेक्का सम्झौता गरेर काम गरेको थियो ।

खैरहनी–२ लदरा खोलामा रु एक करोड ९५ लाखमा जीएमआर कन्स्ट्रक्सन प्रालि भरतपुरले पुल निर्माण गरेको नगरपालिका योजना शाखा प्रमुख इञ्जीनियर सुमन श्रेष्ठले बताउनुभयो । लदरी पुलको एप्रोज स्लाब ढलान र पुलको दायाँ बायाँ जाली लगाउने काम बाँकी रहेको छ । सो पुलबाट खैरहनी–२, ३ र ४ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

त्यस्तै सडक बोर्डको गलत डिजाइनका कारण खैरहनी–९ चात्रा खोलामा निर्माण हुन नसकेको पुल नगरपालिका आफैँले बनाउँदै छ । रु एक करोड सात लाखमा सम्झौता भएकामा अहिले निर्माणको काम भइरहेको छ । एमआरएन्ड गु्रप डीएनवी जेवी भरतपुरलाई ठेक्का परेको हो । सो पुलको पनि एप्रोज स्लाब ढलान, जाली लगाउने र रेलिङ हाल्ने काम बाँकी रहेको इञ्जीनियर श्रेष्ठले बताए । पुल निर्माणपछि खैरहनी–९, राप्ती–८ र ९ का स्थानीयवासीलाई बजार आवातजावतमा सहज हुनेछ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending