चितवन । वर्षैभर रगतको अभाव हुने यहाँ जन्म दिनको दिनमा रक्तदान गर्ने प्रचलन शुरु भएको छ । अस्पतालमा रहेका बिरामी र घाइतेका लागि सबैजसो समयमा रगत पु¥याउन रक्तसञ्चार केन्द्रलाई मुस्किल पर्ने गर्दछ । कतिपयले आफन्त र चिनेजानेकासँग अनुरोध गरेर मिल्दो समूहको रगत प्रशोधन गरेर लिने गर्दछन् ।
आफ्नो ४२ औँ जन्मदिनका अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज सबेरै रक्तदान गरे । त्यसो त उनले आफ्नो रगतलाई प्रशोधन गर्न लाग्ने रु ८५० पनि आफैँले तिरे । उनले जन्मदिनमा रक्तदान गरेको यो छैठौँ वर्ष हो । उनले अहिलेसम्म ५० पटक रक्तदान गरिसकेका छन् । उनले भने, “मिल्ने जति सबैले जन्मदिनमा मात्रै रक्तदान गरे पनि अभाव पूर्ति हुन्छ ।” आफ्नो शरीरले मिलेसम्म बाँचुन्जेल रक्तदान गर्ने उहाँको भनाइ छ । “यस अभियानमा सबैलाई जुट्न म अनुरोध गर्दछु”, उनले भने ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार केही दिनअघि नेपाली कांग्रेसका युवा नेता आनन्द राउतले आफ्नो जन्मदिनमा रक्तदान गरेर लाग्ने प्रशोधन खर्च पनि तिरेका थिए । उनको रगत एक बिरामीले निःशुल्क पाएको पौडेलले बताए ।
विगतका वर्षदेखि नै सामाजिक अभियानमा राउत पनि सक्रिय रहेको पौडेलले बताए । यकिन तथ्याङ्क नभए पनि यसरी जन्मदिनको दिन रक्तदान गर्न आउनेहरू बढेको उनको भनाइ छ ।
रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री हरि पौडेल राजनीति दल र तिनका भ्रातृ र शुभेच्छुक सङ्घ सङ्गठनसँगै विभिन्न संस्थाको सहकार्यका कारण रगत आपूर्ति गर्न सहज हुँदै आएको बताए । जन्मदिनको दिन रक्तदान गर्ने प्रचलन बढेको भन्दै उनले सबैलाई साथ र सहयोगका लागि अनुरोध गरे ।
जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगतको माग हुने गरेको छ । यहाँका सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन हाराहारी निजी अस्पतालमा रगतको माग हुने गर्दछ ।
क्यान्सरका बिरामी, ठूलो सङ्ख्यामा हुने प्रसूति, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया यहाँ हुने भएकाले रगतको माग बढी भएको हो । नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले विगतमा यहाँ सङ्कलन गरेको रगत राजधानी काठमाडौँ, पोखरा लगायतका ठूला शहरमा पठाउने गरेको भए पनि पछिल्ला वर्षमा बाहिरी जिल्लाबाट यहाँ ल्याउनु पर्ने अवस्था आएको बताए । जिल्लामा दैनिक १५० युनिट हाराहारी रगतको माग हुने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: