Khabar Dabali ९ माघ २०७८ आईतवार | 23rd January, 2022 Sun
Life insurence

चीनद्वारा चार कम्पनीलाई कोरोनाको खोप विदेशमा निर्यात गर्न अनुमति

रासस

बेइजिङ ।  चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ । 

यी खोपहरुलाई चीनभित्र शर्त सहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ । 

चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरुमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन् । 

चीनको वाणिज्य मन्त्रालयका अनुसार बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुई किसिमका खोपहरुले विश्व स्वास्थ्य संगठनबाट यसअघि नै आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेका छन् । 

यी खोपहरु चीनको ठूलो जनसमूहलाई प्रदान गरिएको छ भने विश्वका १०० भन्दा बढी मुलुकले स्वीकृत गरिसकेका छन्, वाणिज्य मन्त्रालयका वरिष्ट अधिकारी लि झिङक्वीनले बताए  ।

उनले  सबै मुलुकलाई खासगरी विकासशील मुलुकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय खोप उपलब्ध गराउने चीन सरकारको नीतिलाई खोप उत्पादक कम्पनीहरुले पनि ध्यान दिने विश्वास व्यक्त गरे ।

चिनियाँ अधिकारीहरुले कोभाक्ससँगको साझेदारीलाई अझ सुदृढ गर्न चीनले निरन्तर मद्दत गर्ने पनि बताएका छन् । 

चीनको वाणिज्य मन्त्रालयले चीनबाट खोप खरिद गर्नका लागि विदेशी मुलुकलाई सहयोग गर्न चीन तत्पर रहेको पनि जनाएको छ । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमानाकाबाट दैनिक कोरोना सङ्क्रमित बोक्दै सुरेन्द्र

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका ओहोरदोहोर गरिरहन्छन् । कोरोना भाइरसको ...

उपत्यकाको ७ वटा ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था विस्तार

काठमाडौँ । ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौँ उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गर...

स्वास्थ्यकर्मीमा सङ्क्रमण तीव्ररुपमा बढेपछि अस्पतालका सेवा सुचारु गर्नै मुस्किल

चितवन । जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण तीव्ररुपमा बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । भरतप...

सिटामोल अभाव भएपछि जुम्लाका औषधि पसलमा अनुगमन

खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालित औषधि पसलमा सिटामोल अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ । देशभर कोरोना सङ्क्रमणस...

वैशाखमा एसइई र कक्षा १२ को परीक्षा जेठमा गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई प...

राष्ट्रपति बाइडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग रुसी विदेशमन्त्री सर्गेई लाभरोभ...

आगो तापेर सुत्दा निसासिएर ३ महिने शिशुको मृत्यु

भक्तपुर । कोठाभित्र आगो तापेर सुत्दा यहाँ आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् ।  सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना ...

भारतमा एकैदिन ३ लाख ३३ हजार व्यक्ति सङ्क्रमित

नयाँदिल्ली । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसका  थप तीन लाख ३३ हजार ५३३ जना सङ्क्रमित थपिएका छन् ।यसैसँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कूल सङ...

राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

अंकारा । टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रका...

यमनमा भएको हवाई आक्रमणको राष्ट्रसंघद्धारा निन्दा

संयुक्त राष्ट्रसंघ । यमनको सादा नामक सहरमा रहेको एक थुना केन्द्रमा भएको हवाई हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । सो हमलामा परी कम्तीमा पनि १०...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page