Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

कार्यकारीणी समितिमा बहुमत जुटाउन जसपा ठाकुर समूहको बैठक बस्दै

खबरडबली संवाददाता

काठमाडौं । ओली नेतृत्वको सरकारमा सामेल भएको तीन हप्ता नपुग्दै सर्वोच्चले मन्त्रीहरुलाई बर्खास्त गरिदिएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुको बैठक आज बस्दै छ । 

बिहीबार दिउँसो १ बजे बबरमहलमा बस्न लागिएको बैठकमा सर्वोच्चको फैसला पछि उत्पन्न पछिल्लो राजनीति, पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगले पत्र काटेको सम्मन्धमा छलफल केन्द्रीत हुने नेता राजकिशोर यादवले बताए । 

सत्ता समिकरणको विषयलाई लिएर विभाजको डिलमा पुगेको जसापा आन्तरिक विवादलाई थाँती राख्दै ठाकुर समूह ११ मन्त्री सहित सरकारमा सहभागी भएको थियो । तर, सर्वोच्च अदालतले कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्रीले राज्यलाई भार पर्ने गरी मन्त्रिपरिषद् पुर्नगठन गर्न नमिल्ने भन्दै पछिल्लो मन्त्रिपरिषद्लाई मान्यता नदिएपछि जसपाका मन्त्रीहरु सरकारबाट बाहिरिनु परेको थियो ।

यसैगरी पार्टीहित विपरित ओली नेतृत्वको सरकारमा सामेल भएको भन्दै अध्यक्ष ठाकुर सहित सरकारमा गएका मन्त्रीहरुलाई निष्कासन गरेको यादव पक्षले आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । यादव पक्षले पार्टीको आधिकारीकता दावी गर्दै निवेदन दिएपछि आयोगले ठाकुृर समूहलाई १५ दिनभित्र पार्टीको निर्णय पेश गर्न पत्र पठाएको छ ।

आजको बैठकले यादव समूहका २० जनालाई कारवाही गरी रिक्त स्थानमा आफ्नो पक्षका सदस्य थपेर बहुमत पुर्याउने तयारीमा ठाकुर समूह रहेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending