खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको छ । आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तरगत नगरपालिकाभित्रका सबै गर्भवती र सुत्केरीलाई उनीहरुको घरैमा पुगेर क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको हो ।
एघार वडा रहेको नगरपालिकाका सबै आमा र बच्चाको शरीरमा पोषणको अभाव हुन नदिन निःशुल्क क्याल्सियम चक्की वितरण शुरु गरिएको नगर प्रमुख इवन राईले बताए । “क्याल्सियम चक्की ११ वटै वडाका स्वास्थ्यचौकीमार्फत वितरण भइरहेको छ”, उनले भने, “नगरपालिकाभित्रका ५५० गर्भवती तथा सुत्केरीलाई लक्षित गर्दै क्याल्सियम चक्की निःशुल्क वितरणको व्यवस्था मिलाइएको हो ।”
स्वास्थ्यकर्मीकोे परामर्शमा हालसम्म आफैँ किनेर क्याल्सियम चक्की खाइरहेका गर्भवती तथा सुत्केरीलाई यसपल्टदेखि नगरपालिकाले निःशुल्क उपलब्ध गराउन शुरु गरेको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए । संयोजक घिमिरेका अनुसार एक जना गर्भवतीले सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्याल्सियम खानुपर्ने हुन्छ ।
बजारमा प्रतिक्याल्सियम चक्कीको मूल्य औसतमा रु छ पर्ने गरेको छ । जिल्लामा आफ्नो तथा बच्चाको स्वास्थ्यप्रति सचेत गर्भवती र सुत्केरीले क्याल्सियम चक्की किनेर खाने गरे पनि दूरदराजका अधिकांश गर्भवती र सुत्केरी नियमित क्याल्सियम चक्की खानबाट वञ्चित छन् ।
कतिपयलाई गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की खानुपर्ने जानकारी नै नभएको अवस्थामा नगरपालिकाले निःशुल्क क्याल्सियम चक्की वितरण शुरु गरेपछि उनीहरु लाभान्वित भएका छन् । आमा र बच्चाको स्वास्थ्यका लागि नभई नहुने क्याल्सियम चक्कीको अभाव नहोस् र क्याल्सियम चक्कीबाट कोही पनि वञ्चित नहुन् भनेर निःशुल्क वितरणको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले केही समयअघि गर्भवती तथा सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की वितरण गर्ने निर्णय गरेको थियो । दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको थियो ।
यसैबीच कोभिड–१९ महामारीलाई लक्षित गर्दै ऐँसेलुखर्क गाउँपालिकाले मिनी–अक्सिजन प्लान्ट जडान गरेको छ । कोरोना सङ्क्रमित बिरामीका लागि आवश्यक अक्सिजन अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा मिनी–अक्सिजन प्लान्ट जडान गरेको हो ।
करीब रु २० लाख बराबरको उपकरण प्रयोग गरेर तयार पारिएको मिनी–अक्सिजन प्लान्टबाट पाइपमार्फत शय्यामा अक्सिजन पु¥याउने व्यवस्था मिलाइएको छ । खोटाङका १० स्थानीय तहमध्ये ऐँसेलुखर्कमा जिल्लामै पहिलो मिनी–अक्सिजन प्लान्ट जडान गरिएको हो ।
जिल्ला अस्पताल दिक्तेलमा अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बजेट विनियोजन गरे पनि अहिलेसम्म जडान गरिएको छैन । मिनी–अक्सिजन प्लान्ट जडान गर्न राष्ट्रिय आविष्कार केन्द्रबाट दुई गाडी सामग्री लिएर सात जनाको टोली ऐँसेलुखर्क पुगेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: