Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८२ बुधबार | 23rd April, 2025 Wed
Investment bank

‘सयौं थुँगा’ कि ‘सयौं थरी’ फूलको माला ?

\"manikar_article\"संविधान निर्माणको कार्य निष्कर्षोन्मुख अवस्थामा पुग्दै गर्दा मुलुकमा एकथरी धार्मिक अतिवादीहरु नेपाललाई सनातनी हिन्दु राज्य बनाइनुपर्ने भन्दै आन्दोलनको नाटक गरिरहेका छन् । खासगरी राप्रपा नेपालका अध्यक्ष कमल थापा राजनीतिक रुपले यो अभियानको नेतृत्वदायी भूमिकामा रहेका छन् भने उनको प्रवक्ता झैं बन्न पुगेका छन् भ्रष्टाचारमा जेल सजाय भोगेर बाहिरिएका नेपाली कांग्रेसका नेता खुम बहादुर खड्का । अनि विभिन्न खाले धार्मिक आश्रम, संघ, संस्था, गुठी इत्यादिको सहयोगमा विभिन्न स्वामी तथा बाबाजीहरु पनि यही अभियानमा लागेका छन् । उनीहरु अन्तरिम संविधान र नयाँ संविधानको मस्यौदामा समावेश गरिएको धर्मनिरपेक्षता लाई हटाउनु पर्ने र त्यसको ठाउँमा हिन्दु राष्ट्र बनाउनुपर्ने माग गर्दै धर्मनिरपेक्षताको विरुद्ध विष बमन गरिरहेका छन् । त्यसो त कमल थापाको पार्टी गणतान्त्रिक नेपालमा पनि संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै चुनाव लड्ने दल हो । कमल थापाहरु हिन्दु धर्मको माग गर्दै अझै पनि चपरीमुनि पुगेको राजतन्त्रलाई फर्काउने सपना देखिरहेका छन् । यसर्थ, उनको पार्टीको राजनीतिक लाइन र दृष्टिकोणमा थप टिप्पणी गरिरहनु जरुरी हुँदैन । उनले बोकेका मुद्दाहरु यसै पनि आउटडेटेड भइसकेका छन् । उनले अहिले बोकेको मुद्दा भनेको कुहिएको स्याउलाई बाहिरबाट रंग लगाएर दुरुस्त पार्ने चेष्टा मात्रै हो । यहाँ त कतिपय लोकतान्त्रिक, प्रगतिशील र क्रान्तिकारी भनिने नेताहरु पनि धार्मिक अन्धतामा बहकिएको देख्दा भने हाँसो उठ्ने रहेछ । उनीहरुको तर्क छ, बहुसंख्यक मानिसहरुले मान्ने धर्मलाई संविधानबाट हटाइहाल्नु चाहिं हुँदैन । अहँ, उनीहरु धर्मनिरपेक्षता कसै गरेपनि हिन्दु धर्मको विरोध गर्दैन भन्दैनन् । धर्मनिरपेक्षता केवल राज्यसँग सम्बन्धित पदावली हो र यसले सबै धर्मलाई समान रुपले हेर्ने गर्छ भनेर तर्क गर्न सक्दैनन् । उनीहरु राज्य सबै धर्म, परम्परा र संस्कृतिको संरक्षक भएकाले कुनै एक धर्मसापेक्ष हुन मिल्दैन भन्दैनन् । अझ भनौं उनीहरु धर्म निरपेक्षताको सुन्दर पक्षको चर्चा गर्न सक्दैनन् । बरु तिनै धार्मिक अतिवादीहरुको बोलीमा लोली मिलाउँदै बिचको शब्द खोज्नुपर्छ भन्दैछन् । ठीक छ, संख्यात्मक रुपमा नेपालमा हिन्दु धर्म, परम्परा र संस्कार मान्ने मानिसहरु धेरै होलान् नै । फेरि नेपालको सन्दर्भमा हिन्दु धर्मलाई आधुनिक नेपाल निर्माणको कालखण्डदेखि नै राज्यले विशेष संरक्षण गरेकै हो । हिजोका शासकहरुले त धर्म, संस्कृति, संस्कार र परम्पराकै आधारमा मुलुकलाई एकात्मक बनाउने घोषणा गरेकै हुन् । निर्माणकालदेखि नै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, पारम्परिक विविधता रहेको मुलुकमा एकल भाषा, धर्म र संस्कृति लाद्ने काम भएकै हो । यस्तो परिस्थितिमा एउटा खास धर्म, संस्कार र संस्कृति मान्ने मानिसहरु संख्यात्मक रुपमा धेरै हुनु कुनै नौलो कुरा होइन । मूलतः हिजोको राज्य प्रणाली नै हिन्दुधर्म र संस्कृतिमा आधारित राज्य थियो । अनि त्यसको विकास र सम्बद्र्धनमा राज्य नै लागिपर्यो । त्यही धर्म, संस्कारलाई संस्कारित गरियो । अनि शासकहरुले यही धर्म र संस्कृतिलाई आफ्नो राजधर्म माने । तब न हिन्दु धर्म र परम्परामा अभ्यस्त भएका मानिसहरु बढे, यो स्वभाविक कुरा हो । आजको एक्काइसौं शताब्दीको राज्य प्रणालीमा फेरि हामी अहिले सबै ढंगबाट समावेशी राज्यको निर्माणको कुरा गरिरहेका छौं भने एउटा धर्म र संस्कृतिलाई राज्यले कसरी पक्षपोषण गर्न मिल्छ ? के हामीले अहिले कल्पना गरेको नयाँ नेपालमा पनि मूलतः पुरानै संस्कार र संस्कृतिको निरन्तरता खोजेका हौं वा हामीले हिजो विभेदमा परेका, पारिएका भाषा, धर्म, परम्परा र संस्कृतिको पहिचान स्थापित गर्न खोजेका हौं ? निश्चित रुपमा हामीले नेपालको जातीय, भाषिक, धार्मिक र संस्कृतिक विविधतालाई एउटै धागोमा उनेर सुन्दर माला बनाउन खोजेका हौं । खासमा हामीले अहिलेसम्म एकै प्रकारका ‘सयौं थुंगा’ फूलको मात्र माला बनाएका छौं,  अब यदि साँच्चिकै नयाँ संस्कृतिको निर्माण गर्ने हो भने ‘सयौं थुंगा’ को होइन किन्तु ‘सयौं थरी’ फूलका माला उन्ने बेला भइसकेको छ । सयौं थरी फूलका माला उन्ने यो ऐतिहासिक अवसरमा एउटै फूलको सयौं थुंगाको कुरा गर्नु फेरि पनि हिजोकै निरन्तरता हुनेछ । यो बहुभाषा, बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक समुदायप्रति गरिएको नयाँ संस्करणको पुरानै विभेद हुनेछ । यसले पक्कै पनि समाजको उन्नति होइन किन्तु समाजमा दीर्घकालीन द्वन्द्व जन्माउने खतरा रहन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending