काठमाडौं । आसन्न १४ औं महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसभित्र सभापति को बन्ने भन्ने होडबाजि चलेको छ । सभापति शेर बहादुर देउवा पार्टीलाई एकतबद्ध बनाइ आगामी निर्वाचनमा कांग्रेसलाई सबै भन्दा ठुलो दल बनाएर बिश्राम लिने भन्दै अन्तिम पटक आफुलाई सहयोग गर्न आग्रह गरेका छन् ।
देउवाको इच्छालाई उनकै विश्वास पात्र मानिएका उपसभापति बिमलेन्द्र निधीले चुनौति दिदै आफुले पनि सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । यस्तै, देउवाका अर्का विश्वास पात्र गोपालमान श्रेष्ठले पनि देउवालाई सहयोग गर्न नसकिने बताएका छन् । उनी पनि आफै सभापतिका दावेदार हुन् ।
यस्तै, संस्थापन इतर समूहमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशांक कोइराला, प्रकासमान सिंह, सुजाता कोइराला लगायका नेताबीच सभापतिको उम्मेदवार बन्न घम्साघम्सी परेको छ । महाधिवेशन कै विषयमा छलफल गर्न उसले अपरान्न आफु पक्षीय छ्ट्टै बैठक बोलाएको छ ।
यस्तै, पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, युवा नेता गगन थापा लगायतका नेताहरुबीच पनि महाधिवेशन केन्द्रीत रहेर छलफल तिव्र बनाएका छन् । यस्तै कांग्रेसभित्र प्रभावशाली मानिएका दोस्रो तहका नेताहरु उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार कोइरालाको निवास महाराजगञ्ज पुगेर महाधिवेशन केन्द्रित छलफललाई निरन्तरता दिएका छन्। सोमबार निधी निवास बानेश्वरमा भेटघाट गरेका तीन नेताहरुले आजको छलफल पनि त्यसकै निरन्तरता भएको बताएका छन् ।
उनीहरू तीनै जना भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका छन्। त्यसैले सभापतिमा तीनै जना उठ्ने कि एकअर्कालाई सहयोग गरेर एकमात्रै उम्मेदवार बनाउने भन्नेबारे केन्द्रित रहेर उनीहरूले छलफललाई तीव्रता दिएका छन्।
आजको छलफलपछि महामन्त्री कोइरालाले आफूहरू एकै ठाउँमा रहेको दावी गर्दै पार्टीलाई गुट उपगुटबाट मुक्त गरी महाधिवेशन र आगामी निर्वाचनमा सिंगो पार्टी एक भएर लाग्नु पर्नेमा जोड दिए । महामन्त्री कोइरालाले भने, ‘महाधिवेशनमा सभापतिमा को उठ्ने वा कसलाई सहयोग गर्ने त्यो पछि निर्णय हुन्छ । अहिलेलाई हामी एठाउँमा छौं । तीनै जनाको एउटै भ्वाइस महाधिवेशन पछि आगामी चुनावमा कांग्रेलाई शक्तिशाली बनाउनु पर्छ ।’
तीन जनाबीचको छलफललाई निरन्तरता दिने पनि आजको बैठकमा सहमति भएको छ । अहिले पौडेल समूहको बैठकमा भाग लिन प्रकासमान सिंह र शशांक कोइराला बसुन्धारा जाने तयारीमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: