काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले शनिबार काठमाडौँ उपत्यका लगायत देशका विभिन्न नदीहरुमा बाढीको खतरा रहेको जनाएको छ ।
विभागले जनाए अनुसार बागमती प्रदेशका काठमाडौं, धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, चितवन र रामेछापमा बाढीको उच्च जोखिममा रहेको छनाएको छ ।
यस्तै, प्रदेश १ का झापा सुनसरी र प्रदेश २ का सिराह, सप्तरी बाढीको उच्च जोखिममा रहेको छ । यस्तै, गण्डकी प्रदेशका परासी र लुम्बिनी प्रदेशको नवलपुर बाढीको उच्च जोखिममा रहेको जनाएको छ ।
विभागका अनुसार शनिबार कोशी र यसका स–साना सहायक नदीहरुमा पानी बहाव उच्च रहने र अन्य नदीहरुमा आकस्मिक बाढी आउन सक्ने बताएको छ ।
यस्तै, कन्काई, कमला र बागमती जलाधार क्षेत्रमा पानीको बहाव उच्च रहेको र आकस्मिक रुपमा नदीमा बाढी आउन सक्ने भन्दै विभागले तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - ०७:३७
पर्सा । नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेक...
पौष ८ गते, २०८१ - ०७:३४
कैलाली । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट पाँच सय ४९ दशमलव दुई ग्राम अवैध सुनसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको उ...
पौष ८ गते, २०८१ - ०७:३१
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त ताम...
पौष ८ गते, २०८१ - ०७:१३
जसका दुवै सन्तान ‘एनपीएल’का विजेता र उपविजेता बने
पौष ८ गते, २०८१ - ०७:०७
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार...
पौष ८ गते, २०८१ - ०७:००
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । य...
पौष ७ गते, २०८१ - ०९:४७
काठमाडौं । त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई काठमाडौँ महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ। ढुसी लागेको सामग्री बेचेको पाइएपछि ...
पौष ७ गते, २०८१ - ०९:४३
बागमती । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्याउँदा धान एक दशमलव ३७ प्रति...
पौष ७ गते, २०८१ - ०९:४०
बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भयो । सुरुमा...
पौष ७ गते, २०८१ - ०९:३७
झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी का...
प्रतिकृया लेख्नुहोस्: