मनाङ । अविरल वर्षापछि आएको बाढीले जिल्लाका मनाङका विभिन्न विद्यालय बगाएपछि अभिभावक, शिक्षक र विद्यार्थी अन्यौल बनेका छन् ।
जिल्लामा रहेका चार माध्यमिक विद्यालयमध्ये तीन विद्यालय बाढी पहिरोबाट प्रभावित भएको छ । सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयको भवन मस्र्याङ्दी नदीको कटानले जोखिममा पुगेको छ । मस्र्याङ्दी नदीमाथिको पक्की पुलले नदीको धार परिवर्तन हुँदा विद्यालयको भवनतर्फ कटान गरी भवन जोखिममा छ । यी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कहिलेदेखि अध्ययन शुरु हुने हो भन्ने चिन्ता थपिएको छ ।
थोंचेस्थित प्रकाश ज्योति माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत मनोज गुरुङ भन्छन्, ‘हाम्रो त न गाउँ रहेको छ न त विद्यालय, अब पढ्न पनि आफ्नै जिल्लामा बसेर पढ्न नपाइने भयो ।’ बाढीले उनले अध्ययन गर्ने विद्यालयको निशान मात्रै रहेको छ ।
कक्षा ९ मा अध्ययनरत प्रिया गुरुङ अब जिल्लामा घर नजिकै बसेर पढ्न पाउने अधिकार नै बाढीले छिनेको बताउँछन् । मनाङका विद्यार्थीले घरबार गुमाउनुका साथै विद्यालय पनि बगाएपछि शिक्षाबाट वञ्चित भएको प्रिया बताउँछन् ।
नासों गाउँपालिका–१ तालगाउँस्थित भानु माध्यमिक विद्यालय मस्र्याङ्दीको बाढीको डुबानमा छ । गाउँ नै डुबानमा रहेकाले विद्यालय जोगिन सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । जिल्लामा भएको चार माध्यमिक विद्यालयमध्ये एउटामा मात्रै बाढी पहिराले क्षति नभएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायण योगीले बताए।
विद्यालयको भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले मर्मत तथा निर्माणमा समय लाग्न सक्ने योगीले बताउनुभयो । संरचना र विद्यालयको भवन नभएपछि अध्ययनका लागि नै अन्यत्र पठाउनुपर्ने समस्या मनाङवासीलाई थपिएको छ । मनाङका सबै माध्यमिक विद्यालयमा आवासीय सुविधा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: