Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

संविधानको धारा ७६(५) बमोजिम दलीय ह्वीप उलङ्घन गरे पनि दल त्याग गरेको मानिदैन : संविधानविद् आचार्य

धारा ७६ को उपधारा (४) बमोजिम प्रधानमन्त्रीले संसदमा विश्वासको मत अनिवार्य लिनुपर्छ

खबरडबली संवाददाता

काठमाडौं । संविधानविद डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिएसम्म अर्को सरकार गठनको प्रक्रिया नै सुरु हुन नसक्ने तर्क गरेका छन् । 

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै आचार्यले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर विश्वासको मत नलिएसम्म प्रधानमन्त्री अवैधानिक हुने दावी गरेका छन् । ‘बहालवाला प्रधानमन्त्री पद मुक्त नभई अर्को प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु हुदैन । ७६(३) को प्रधानमन्त्री केपी ओली ७६(४) को प्रक्रियामा जानुभएको छैन,’ उनले भने ।


ओलीले संविधानको धारा ७६ को उपधारा (४) को प्रावधान बमोजिम ३० दिनभित्र संसदमा विश्वासको मत लिनैपर्ने उनले जिकिर गरेका छन् । उक्त प्रकृया हाउसमा पूरा नगरीकन अर्को प्रक्रियामा जान नपाइने व्यवस्था संविधानले गरेको उनको तर्क छ  । 
यस्तै आचार्यले एकै व्यक्ति एकै कार्यकालमा संविधानको सबै धारामा प्रवेश गर्न नमिल्ने दावी गरेका छन् । ‘संविधानको धारा ७६ अनुसार एक व्यक्ति सबै धारामा प्रवेश गर्न पाउने व्यसस्था संविधानमा कतै छैन’, उनले भने, ‘संविधानवादले त्यस्तो कल्पना पनि गरेको हुँदैन । संसदमा विश्वासको मत गुमाएको प्रधानमन्त्रीले वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने हो । उसले एउटै कार्यकालमा पटक पटक प्रधानमन्त्रीमा दावी गर्न मिल्दैन ।’

‘धारा ७६ को उपधारा (५) बमोजिम दलीय निर्देशन (ह्वीप) नलाग्ने दावी गर्दै उनले भने, ‘राजनीतिक दलसम्बन्धी ऐन अनुसार ह्वीप उल्लंघन गरे पनि दल त्याग गरेको मानिँदैन ।’प्रधानमन्त्री नियुक्तिबारे राष्ट्रपतिले संविधान बाहिर गएर निर्णय गर्न नमिल्ने उल्लेख गर्दै आचार्यले एकपछि अर्को प्रक्रिया अभ्यासगत रुपमा प्रतिनिधिसभामै हुनुपर्ने जिकिर गरे ।


वैशाख २७ गते विश्वासको मत लिन संसद गएका प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति धारा ७६ (२) अनुसार बहुमतको सरकार बन्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(३) अनुसार संसदको ठूलो दलको नेताको हैसियतमा वैशाख ३० गते ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । तर, प्रधानमन्त्री ओलीले एक महिनभित्र संसदबाट विश्वासको मत नलिइ सिधै उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिमा दावी गरेका थिए । 

 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy