Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

गण्डकीका मुख्यमन्त्रीले दुई मन्त्रिलाई दिए जिम्मेवारी, मन्त्रिपरिषद् विस्तार अझै अन्योलमा

खबरडबली संवाददाता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले मुख्यमन्त्रीमा नियुक्त भएको १५ दिन पछि मन्त्रिपरिषद्का दुई जनालाई कार्यभार सुम्पिएका छ ।

विभागीय मन्त्रीको जिम्मेवारी पाउनेमा कांग्रेसबाट कुमार खड्का र माओवादी केन्द्रबाट मधुमाया अधिकारी रहेका छन् । खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधि र सामाजिक विकास मन्त्रालय र अधिकारीले स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छ । 

उनीहरुको नाम आझै प्रदेश प्रमुखको कार्यलयमा पठाइएको छ । आफुसंग नियुक्त गरेका अन्य दुई मन्त्री जसपा तर्फका हरिशरण आचार्य र स्वतन्त्र सदस्य राजिव गुरुङलाई कुनै जिम्मेवारी दिइएको छैन ।

सरकारमा सहभागी हुनु अघि नै जसपासंग दुई मन्त्री सहित अर्थ मन्त्रालय दिने सहमति भएको भन्दै अर्थ मन्त्रालय नदिए सरकारमै सहभागी नहुने आचार्यले चेतावनी दिए पछि मुख्यमन्त्री पोखरेल अप्ठ्यारोमा परेका छ ।

उता माओवादी केन्द्रले दावी गरेको अर्थ मन्त्रालय थाहै नदिइ जसपालाई दिने सहमति गरिएकोमा असन्तुष्टि जनाएको छ । अर्थ मन्त्रालय जसपालाई दिने भए भौतिक योजना मन्त्रालय आफुलाई दिनु पर्ने दावी गरेको छ । उता कांग्रेस नेतृत्वको सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेका स्वतन्त्र सदस्य राजिव गुरुङले गृहमन्त्री दावी गरेका छन् ।

कांग्रेस भित्रै अर्थ र भौतिक योजना मन्त्रालय आफैसंगै राख्नुृ पर्ने दवाव परेको छ । राजमो सरकारलाई समर्थ गरे पनि सरकारमा सहभागी नहुने नीतिगत घोषणा गरेको छ । मुख्यमन्त्रीमा नियुक्त भएको १५ दिनसम्म मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी तोक्न नसक्दा सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुनै सकेको छैन ।

यसै विषयमा केन्द्रीय नेताहरुसंग छलफल गर्न काठमाडौं आएको उनी मौजुदा मन्त्रिपरिषद्मा दुई जना मन्त्रीलाई जिम्मेवारी दिए अन्य मन्त्रालय सबै आफैसंग राखेका छन् ।

जेठ २७ गते निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले संसदमा विश्वासको मत गुमाए पछि चार दलको समर्थनमा पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नियुक्त भएको एक हप्तामै संसदबाट विश्वासको मत लिए पनि सरकारको कामकारवाही अगाडि बढ्न नसक्दा उनको कार्यक्षमतामाथि प्रश्न उठाउन थालिएको छ ।

गण्डकी प्रदेशमा ११ मन्त्रालयल रहेकोमा मुख्यमन्त्री सहित कांग्रेस ४, माओवादी ४, जसपालाई दुई मन्त्रालय लिने सहमति भएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE