Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

कार्कीलाई राजदूतमा सिफारिश गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

खबरडबली संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिश गर्ने सरकारको निर्णय कार्यान्वयनमा नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय सपना मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज कार्कीलाई राजदूतका लागि सिफारिश गर्ने निर्णय मन्त्रिपरिषद्को कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘मन्त्रिपरिषद्को २०७८ वैशाख २५ को मित्रराष्ट्र बहराइनको आवासीय राजदूत नियुक्तिको सिफारिश निर्णय यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि कार्यान्वयन नगर्नु नगराउनु ।’

 गत वैशाख २५ गतेको बैठकको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय थियो । सो निर्णयविरुद्ध अधिवक्ता दिपकविक्रम मिश्रले रिट निवेदन दायर गरेका थिए।

सोही विषयमा यसअघि सर्वोच्च अदालतले राजदूतमा सिफारिश हुने व्यक्तिको शैक्षिक योग्यतासम्बन्धी मापदण्ड परिर्वतन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो ।

आदेशमा बहराइनका लागि आवाशीय नेपाली राजदूत पदमा नियुक्तिका लागि सिफारिश भएका कार्कीको हकमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाअनुसार न्यूनतम् शैक्षिक योग्यता पुगेको नदेखिएको उल्लेख छ ।

 राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ (संशोधन २०७८ वैशाख २५) को दफा निर्देशिकाको दफा ३ को खण्ड (छ) मा नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको तर नेपाल सरकारको मन्त्रीका रुपमा सेवा गरिसकेका व्यक्तिका हकमा सो दफा लागू हुने छैन भन्ने व्यवस्था कार्यान्वयन नगर्न आदेशमा भनिएको छ ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोकुलको दाबी : रविको पद जान्छ, चितवन-२ मा तेस्रोपटक चुनाव हुन्छ

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पूर्वगृहमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरुद्ध व्यंग्य गर्दै चितवन क्ष...

पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित

म्याग्दी । तीन दशक अघिसम्म म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदो...

कांग्रेस-एमालेले संविधान संशोधनको मुद्दा सफा नियतले अघि सारेका होइनन् : अग्नि सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीमा गए अस्थिरता अन्त्य हुन्छ

‘सरकारलाई टिकाउ बनाएर लैजान बनेको नयाँ गठबन्धनको नतिजा हेर्न बाँकी छ’ (अन्तर्वार्ता)

सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि  बढाउनुपर्ने बताएका छन्। उनले संशोधनपूर्व संविधान कार्या...

आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द...

मिस नेपाल आश्मा केसीसहित यी हुन् राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत २० युवा (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको छ।  नवीन राप्रपा कार्ययोजना...

शिक्षालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण...

पढाइ स्नातकोत्तर, काम भेडा चराउने

खोटाङ । पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने ठान्ने नेपाली समाजमा स्नातकोत्तर गरेको व्यक्तिले गोठाले जीवन बिताइरहेको सुन्दा अनौठो लाग्ने नै भ...

सोह्र श्राद्ध शुरु, पितृको सम्झना गरिँदै

काठमाडौं । सोह्र श्राद्ध  शुरु भएको छ। बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहने...

आज मौसम सफा रहने, पहाडी भू-भागमा हल्का बदलीको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy