Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

घाँस काट्न गएका वृद्ध बेपत्ता, खोजी कार्यमा कुकुरको प्रयोग

रासस

बागलुङ । जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन् । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन भएका थिए । बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराएका परिवारले जनाएको छ । हँसिया, खुर्पेटो, पानी कागज साथमा घाँस बाँध्ने डोरी र बोक्ने नाम्लो लिएर घरबाट निस्केका उनलाई त्यसयता निरन्तर खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको स्थानीयवासी बेलुकाजी थापाले जानकारी दिए ।

जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा पोखराबाट कुकुरसहितको प्रहरीको विशेष प्राविधिक टोली झिकाएर शनिबारदेखि खोजी कार्यलाई थप तीव्र पारिएको छ । पोखराबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ‘रेस्क्यू र क्याकर डग’ सहितको प्राविधिक टोलीले खोजी कार्य थालेको छ । बुढाथोकीले लगाएका कपडा सुँघाएर र उहाँ गएको स्थानलाई पछ्याएर कुकुर परिचालन गरेर खोजी कार्य जारी राखिएको प्रहरी नायब निरीक्षक विक्रमबहादुर थापाले बताए । थापाका अनुसार दुई कुकुरले फरक फरक जिम्मेवारीअनुसार काम गर्नेछन् ।

जिल्ला प्रशासन र प्रहरी कार्यालयबबाट समेत प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसहितको टोली पनि घटनास्थलमा पुगेको छ । पहिलो कुरा अवस्था पत्ता लगाउनु नै रहेको र त्यसपछि मात्रै थप कारणबारे अनुसन्धान अघि बढाइने थापाको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending