Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

खिमलाल भट्टराई भन्छन्– ‘वेदुराम भुसाल स्वतन्त्र हुन सक्छन् तर स्वतन्त्र सांसद हुन सक्दैनन्’

भुसालले पार्टी र आन्दोलन प्रति गद्दारी गरे

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले पार्टी परित्याग गरेपछि वेदुराम भुसाल स्वतन्त्र हुन सक्ने तर सांसद भइरहन नसक्ने जिकिर गरेका छन् ।

एमाले माधव समूहका प्रभावशाली नेता समेत रहेका भुसालले आइतबार पार्टी परित्याग गरेको घोषणा गर्दै स्वतन्त्र सांसदको हैसियतमा व्यवहार गर्न र पार्टीलाई तिर्दै आएको लेवी नकाट्न भन्दै संसद सचिवालयलाई पत्र पठाएका थिए ।

सोही विषयमाथि सोमबार समाजिक सञ्जाल मार्फत भट्टराईले टिप्पणी गर्दै लेखेका छन्, ‘यो पत्रसॅगै उनले नेकपा एमाले परित्याग गरेको जनाएकाछन्  । पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन्  तर सांसद भई रहन संभव हुॅदैन । किनभने  दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र  दुई पार्टी हुने भनेको छ ।’
 
उनले दुई पार्टी एकताकोवीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुई मध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद  हुन नसक्ने जिकिर गरेका छन् । 
 
‘सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट  बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ ?’, भट्टराईले प्रश्न गर्दै भने, ‘यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ ।’


यस्तै उनले माधवकुमार नेपालले अहिलेसम्म आफुलाई नेकपा एमालेको वरिष्ठ नेता भन्दै आएको अवस्थामा अब उनले के भन्नु हुन्छ ? भनि प्रश्न गरेका छन् ।  भट्टराईले भुसालको कदम पार्टी र आन्दोलनप्रतिको गद्धारी भएको टिप्पणी गरेका छन् । 


यस्तो छ भट्टराईले सामाजिक सञ्जालमा पोस्ट गरेको आलेख :

वेदुराम भुसाल स्वतन्त्र सांसद ! 
पार्टी र आन्दोलनमाथि गद्धारी !


राष्ट्रिय सभा सदस्य वेदुराम भूसालले आफु स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नु गराउनु, दलको सांसदको हैसियतमा काटिदै आएको लेवी नकाट्नु भनेर संसद् सचिवालयमा पत्र पठाएका छन् ।


यो पत्रसॅगै उनले नेकपा एमाले परित्याग गरेको जनाएकाछन्  । पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन्  तर सांसद भई रहन संभव हुॅदैन । किनभने  दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र  दुई पार्टी हुने भनेको छ । 


त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुई मध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद  हुन सक्दैन । 


सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट  बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ ? यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ ।


कामरेड माधवकुमार नेपालले अहिलेसम्म आफुलाई नेकपा एमालेको वरिष्ठ नेता भन्दै आउनु भएको छ  । अब वहाँ के भन्नु हुन्छ ? वहाँ के स्वतंत्र सांसदको नेता हुनुहुन्छ त ?

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE