Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

कम्युनिष्ट आन्दोलनलाई नयाँ शीराबाट एकीकृत बनाउने अभियानमा लाग्न माधव नेपालको आह्वान

कम्युनिष्ट पार्टीको नेतृत्वमा संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि प्रहार हुनु दुःखद्

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीको नेतृत्वमा लोकतन्त्र, संविधान र राष्ट्रितामाथि निर्मम प्रहार गरी अधिनायक र दक्षिणपन्थी बाटो अवलम्बन गर्नु दु:खद भएको टिप्पणी गरेका छन् । जन नेता मदन कुमार भण्डारीको ७० औं जन्म जयन्तीको अवसरमा सोमबार एक शुभकामना वक्तव्य जारी गर्दै उनले त्यस विरुद्ध लड्न सबैमा आह्वान गरेका छन् । 

‘राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो  यथार्थ एवम् हामी सबैका लागि दु:खद अवस्था हो’, उनले उल्लेख गरेका छन् ।

भण्डारी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेता नेपालले अधिनायकवाद तथा निरंकुशता विरुद्ध भण्डारीले लामो संघर्ष गरेको स्मरण गराउँदै उनकै नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलन समेतको  अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक   प्रयोग र विकासको नयॅा आधार निर्माण भएको बताए । 

‘कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउने,लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने,स्वच्छ छवि कायम राख्ने,जनताको दु:ख– सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो’, विज्ञप्तिमा उल्लेख गरेका छन् । 

उनले प्रधानमन्त्री ओली प्रति लक्षित गर्दै शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी कम्युनिष्ट आन्दोलन ध्वस्त बनाएको आरोप लगाए । यस्तै, उनले पार्टी नेतृत्वको सबैखाले विकृति, विसंगति, अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शीराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी  नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । 

यस्तो छ माधव नेपालले सोमबार जारी गरेको बक्तव्य :


७० औँ मदन जयन्तीको हार्दिक शुभकामना !

आज असार १४, नेकपा एमालेका तत्कालीन महासचिव जननेता कमरेड मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्ती, सबैभन्दा पहिले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । 

अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका सहयोद्धा कमरेड मदन भण्डारीको नेतृत्वमा हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलन समेतको  अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक   प्रयोग र विकासको नयॅा आधार निर्माण गर्यौं। यसै सन्दर्भमा कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउने ,लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने,स्वच्छ छवि कायम राख्ने,जनताको दुख( सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न उहाँको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो। 
शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो  यथार्थ एवम् हामी सबैका लागि दुस्खद अवस्था हो । अतस् विद्यमान वैचारिक(राजनैतिक(सांस्कृतिक (आर्थिक विचलन,  विकृति,विसंगति,सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयॅा शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आव्हान सहित पुनः जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । 
माधवकुमार नेपाल, १४ असार २०७८

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोकुलको दाबी : रविको पद जान्छ, चितवन-२ मा तेस्रोपटक चुनाव हुन्छ

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पूर्वगृहमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरुद्ध व्यंग्य गर्दै चितवन क्ष...

पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित

म्याग्दी । तीन दशक अघिसम्म म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदो...

कांग्रेस-एमालेले संविधान संशोधनको मुद्दा सफा नियतले अघि सारेका होइनन् : अग्नि सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीमा गए अस्थिरता अन्त्य हुन्छ

‘सरकारलाई टिकाउ बनाएर लैजान बनेको नयाँ गठबन्धनको नतिजा हेर्न बाँकी छ’ (अन्तर्वार्ता)

सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि  बढाउनुपर्ने बताएका छन्। उनले संशोधनपूर्व संविधान कार्या...

आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द...

मिस नेपाल आश्मा केसीसहित यी हुन् राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत २० युवा (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको छ।  नवीन राप्रपा कार्ययोजना...

शिक्षालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण...

पढाइ स्नातकोत्तर, काम भेडा चराउने

खोटाङ । पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने ठान्ने नेपाली समाजमा स्नातकोत्तर गरेको व्यक्तिले गोठाले जीवन बिताइरहेको सुन्दा अनौठो लाग्ने नै भ...

सोह्र श्राद्ध शुरु, पितृको सम्झना गरिँदै

काठमाडौं । सोह्र श्राद्ध  शुरु भएको छ। बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहने...

आज मौसम सफा रहने, पहाडी भू-भागमा हल्का बदलीको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy