Khabar Dabali ४ माघ २०७८ मंगलवार | 18th January, 2022 Tue
Life insurence

हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक जुटे

रासस

काठमाडौँ । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको नि:शुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो ।

प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक डा सञ्जयविक्रम श्रेष्ठको नेतृत्वमा ११ चिकित्सक बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । हेलम्बु गाउँपालिका–६ स्थित इचोक स्वास्थचौकी र वडा नं–४ स्थित चिलाउनेघारी आधारभुत स्वास्थ्य सेवा केन्द्र, चिलाउनेघारीमा दुई दिने शिविर सञ्चालन गरिएको प्रहरी अस्पतालका प्रवक्ता समेत रहेका डा श्रेष्ठले बताए । 

बिहिबार हेलम्बु–४ चिलाउनेघारीमा सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा एक सय ७९ को स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा १७० जनालाई विभिन्न रोगको औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड, १२ जनाको ‘माइनर’ शल्यक्रिया र १५ जनालाई डे«सिङ्ग गरिएको छ । 

हेलम्बु–६ स्थित इचोक आधारभूत स्वास्थ्य सेवा केन्द्रको शिविरमा १६२ को नि:शुल्क उपचार गरिएको छ । इचोकमा १६० जनालाई औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड र नौ जनाको ‘माइनर’ शल्यक्रिया गरिएको छ ।  

यसैगरी शुक्रबार मेलम्ची स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा १६६ को नि:शुल्क उपचार गरिएको छ । मेलम्ची स्वास्थ्य केन्द्रबाट १५६ लाई औषधी वितरण गरिएको छ भने ४१ जनाको अल्ट्रासाउन्ड र १० जनाको ‘माइनर’ शल्यक्रिया तथा १५ जनालाई डे«सिङ्ग गरिएको छ । 

अस्पतालको टोलीमा डा श्रेष्ठ सहित, प्रहरी उपरीक्षक डा आशिष दत्त(सर्जन), प्रहरी नायब उपरीक्षक निर्मल घिमिरे (फिजिसिएन), प्रहरी नायब उपरीक्षक सुवास थापा (आन्तरिक औषधी), प्रहरी नायब उपरीक्षक रोजीना मानन्धर (रेडियोलोजिस्ट), प्रहरी नायब उपरीक्षक मुत्ती घिमिरे (स्त्री रोग विशेषज्ञ) छन् । यसैगरी प्रहरी नायब उपरीक्षक भवानी गुरुङ  (बाल रोग विशेषज्ञ), प्रहरी नायब उपरीक्षक शंकर थापा (दन्त रोग विशेषज्ञ), प्रहरी नायब उपरीक्षक प्रभाकर श्रेष्ठ (अर्थोपेडिक सर्जन) र प्रहरी निरीक्षक डा. प्रबिना मास्के तथा डा. एलिना श्रेष्ठ टोलीमा संग्लन छन्  । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्च अदालतका ३५ जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ ।  सर्वोच्च अदालतका ३५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।  यस्तै, अन्य ३० भन्दा बढी कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएको ...

अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

सिडनी । अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क...

मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको  भेटीबाट खाँचीकोटस्थित आदर्श मा...

सकियो सत्तारूढ दलहरूको बैठक, वैशाखमै स्थानीय चुनाव गर्न गठबन्धनकाे सहमत

काठमाडौं । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक अनुसार स्थानीय तहको निर्वाचन निर्धारित समयमै गर्न सत्ता गठबन्धनका सबै दलहरु सहमत भएका छन् । ब...

चनौटेमा बेलिब्रिज निर्माण अन्तिम चरणमा

सिन्धिुपाल्चोक । हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको श्री इञ्जिनीयरिङ विभागले पुल निर्माणको जिम्मा...

विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति

काठमाडौँ । विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्त...

प्रधानमन्त्री खान र राष्ट्रपति पुटिन बीच टेलिफोनवार्ता

इस्लामाबाद  । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरू बीच दुई देश...

कोभिड–१९ को सङ्क्रमण जोखिमबाट खेलकुद क्षेत्रसमेत प्रभावित

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण जोखिमकाकारण मुलुकका अरु विधाजस्तै खेलकुद क्षेत्रको विकास र विस्तार पनि प्रभावित हुने सङ्केत देखिएको छ । खेलकुद क्षेत्रको ...

बालुवाटारमा सत्तारूढ दलहरूको बैठक जारी

काठमाडौँ  । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलहरुको  उच्चस्तरीय राजनीतिक  समन्वय समितिको बैठक जारी रहेको जनाइएको छ ।  बैठकमा ...

बालविवाह मुद्दामा ५ जनालाई कैद

दमौली । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले ब...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page