उदयपुर । उदयपुरको स्थानीय बजारमा आँपको मूल्य आकासिएको छ । उत्पादनमा कमी आउँदा यो वर्ष उदयपुरमा आँप महँगिएको हो । बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यसअनुसारको बजार मूल्य पाउन सकेको छैन ।
आँप दाना लागेको समयमा आएको पटक पटकको हावाहुरीले गर्दा आँप उत्पादनमा यसपटक कमी आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । विगतमा आँपको मौसम शुरु भएपछि स्थानीय बजारमा प्रतिकिलो आँपको मूल्य रु २० देखि ३० पर्नेमा यस वर्ष रु ७० देखि एक सयसम्म रहेको छ । आँपको मौसम शुरु हुन सयममै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य अझ बढ्न सक्ने स्थानीय व्यापारी बताउँछन् । आँपको उत्पादनमा कमी आएका कारण बढी मूल्यमा बेच्नु परेको व्यापारीको भनाइ छ ।
“उत्पादनमा कमी आएकै कारण बजारमा आँपको मूल्य महँगो भएको हो”, त्रियुगा नगरपालका—११ का धनबहादुर खत्रीले भने”, “विगतका वर्षमा असारको मध्यतिर बढीमा प्रतिकिलो रु ३० मा किनेर खाने गरेको आँप अहिले रु ७० भन्दा बढी पर्ने गरेको छ ।” आँपका थोक बिक्रेताले किसानबाट सयकडाका दरमा खरिद गरी किलोग्राममा बिक्री गर्दा किसानले भने सोचेजति आम्दानी लिन पाएका छैनन् । त्रियुगा नगरपालिका—१ जोगिदहका किसान धनीकलाल चौधरीले व्यापारीले तौलेर नलिईकन गोटाको सयकडा रु ८ सयका दरले खरिद गर्ने गरेकाले आफूहरूले आम्दानी लिन नपाएको दु:खेसो पोखे । सीमित मात्रामा बजारमा आएकाले व्यापारीले सयकडाको दरले आँपको बिक्री गर्न मानेका छैनन् । स्थानीय व्यापारी कृष्णदेव साहका अनुसार मालदह आँप प्रतिकिलो रु ७० मा बिक्री भइरहेको छ । गत वर्ष स्थानीय बजारमा प्रतिकिला रु ३० देखि ४० सम्म बिक्री भएको थियो । यस वर्ष बजारमा आँप कम आएकाले मूल्यमा केही उतारचढाव आएको उनको भनाइ छ ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ । जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, आम्बासी, भागलपुर, चौदण्डी गढी नगरपालिकाको हँडिया,सुन्दपुर क्षेत्र, त्रियुगा नगरपालिकाको जोगिदह, बगाहा, श्रीपुर, राजाबास, लक्ष्मीपुर, साउने, खाँबु, कटारी नगरपालिकाको त्रिवेणी, रिस्कु, सोमबारे, मरुवा, उदयपुर गढी गाउँपालिकाको दनुवारबेसी, नेपालटार ,भलायाडाँडा क्षेत्र आँप जोनको रुपमा रहेको केन्द्र कृषि प्राविधिक अधिकृत अम्बीका भट्टराईले जानकारी दिए ।
यो वर्ष आँप राम्रो फल्ने वर्ष नभएको र आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिना पानी र मधुवा किराले क्षति पुर्याएपछि आँपको उत्पादन घटेको उनको भनाइ छ । आँपको उत्पादन घटेसँगै उदयपुरमा आँपको मूल्यमा पनि वृद्धि भएको केन्द्रले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: