Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

बाढीले गाउँपालिकाको कार्यालय विस्थापन भएपछि अर्को जिल्लाबाट सेवा प्रवाह

रासस
मनाङ । बाढीले यहाँको नासों गाउँपालिकाको कार्यालय पूर्ण रुपमा विस्थापित भएको छ । गाउँपालिकाको कार्यालय रहेको धारापानी बजार बाढीले बगाएपछि लमजुङको बेँसीशहरमा अस्थायी कार्यालय सेवा दिँदै आएको छ । 
 
गत जेठ ३१ गते रातिदेखिको अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीले कार्यालयसमेत बगाएपछि गाउँपालिकावासीको सहजताका लागि गाउँ कार्यपालिका बैठकले बेँसीशहरमा आपत्कालीन कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम अहिले गाउँपालिकाको सेवा बेँसीशहरबाट दिइँदै आएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए । 
 
बाढीले सदरमुकाम चामे जाने पुल बगाएको र विद्युत् नभएको अवस्थामा बेँसीशहरबाट कामकाज गर्ने गरी केन्द्र स्थापना गरिएको घलेले बताए । गाउँपालिकाले कारोबार गर्ने बैंक बेँसीशहरमा रहेकाले पनि यहाँ आपत्कालीन कार्यालय सञ्चालन गर्न सहज भएको प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले बताए ।
 
रेग्मीका अनुसार गाउँपालिकाभर पूर्ण रुपमा जोखिम रहेकाले कार्यालय सञ्चालन गर्ने उपयुक्त स्थान नहुँदा छिमेकी जिल्लामा झर्न बाध्य भएको हो । त्यसपछिका तल्लो क्षेत्रको मस्र्याङ्दी आसपासका लमजुङसमेत जोखिममा छ  । “आर्थिक वर्ष अन्तिममा आएको छ, योजनाको भुक्तानी गर्नुपर्नेछ, राहतको व्यवस्थापन सहजीकरण गर्नु छ, त्यसैले कार्यपालिका बैठकले बेँसीशहरमा आपत्कालीन कार्यालय सञ्चालन गर्ने निर्णय हो”, उनले भने । 
 
राहत वितरण गर्न पुगेका हेलिकप्टरसँग सहकार्य गरी गाउँपालिकाका कर्मचारीलाई बेँसीशहर ल्याइएको हो । प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाप्रमुख र लेखाप्रमुखले बेँसीशहरबाट सेवा प्रवाह गरिरहेका छन् । अहिले नासोंबाट कुनै पनि आर्थिक कारोबार गर्न सक्ने अवस्था छैन । 
 
धारापानीमा सडक र घर बगाएपछि प्रहरी नै अहिले स्थानीयवासी विद्यालयमा बस्दै आएका छन् । मानिस सबै ओडार गाउँमा विस्थापित भएका छन् । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले धारापानीमा अब मानिसको बस्ती बस्न गाह्रो रहेको बताए । लमजुङ प्रशासनको सहयोगमा नासोंको आपत्कालीन कार्यालयका लागि सकेसम्म सरकारी कोठा खोज्ने प्रयास भइरहेको उनले जानकारी दिए । 
 
धारापानीस्थित सो गाउँपालिकाको कार्यालयसँगै रहेको प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सीमा प्रहरी चौकी, पर्यटकीय होटलसहित स्थानीयवासीका १० घर मस्र्याङ्दीले बगाएको थियो । गाउँपालिकाको योजना अनुगमन, भुक्तानी, नयाँ योजना छनोटलगायत महत्वपूर्ण काम गर्दै आएको कम्प्युटरसहितका सबै कागजपत्र मस्र्याङ्दी नदीको बाढीले लगेको थियो । 
 
प्रमुख प्रशासकीय अधिकृत रेग्मीसहित १५ कर्मचारीले पाँच दिन ढुङ्गाको पहरामुनि रात बिताउनुभएको थियो । गाउँपालिकामा बिजुली, सञ्चार, इन्टरनेट नहुँदा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीच नै सम्पर्कविच्छेद भएको थियो । 
 
“एक ठाउँबाट अर्को ठाउँमा पुग्ने बाटो, पुल सबै बाढीले बगाएको छ, मान्छे हिँड्नेसमेत बाटो छैन, अब ठूलो सङ्कट आउन सक्ने स्थिति छ, नागरिक थुनिएका छन्”, उनले भने,, “पूर्ण रुपमा विस्थापित भएको ठाउँमा खाद्यान्न पुगेको छैन ।” 
 
कार्यपालिकाको बैठकले प्रत्येक वडालाई १५ बोरा चामल र दुई बोरा नुनको व्यवस्था गरेको छ । पूर्ण रूपमा विस्थापितलाई अलग्गै एक बोरा चामल र खाना पाएका तथा खानका लागि भाँडा दिइएको गाउँपालिका अध्यक्ष घलेले बताए ।  
 
घलेले प्रभावित क्षेत्रमा नै कम राहत पुगेको बताए । “बेंसीशहरबाट यातायात खुलाउन सक्ने अवस्था तत्काल देखिँदैन, सबै वडामा खाद्यान्न उत्पादन पनि हुँदैन”, उनले भने,, “बाढीसँगै स्वास्थ्यमा समस्या आउन सक्छ, राज्यले तत्काल सम्बोधन नगरे स्वास्थ्य र भोकमरीको अवस्था सिर्जना हुनसक्ने स्थिति छ ।” मनाङका चार स्थानीय तहमध्ये सबैभन्दा प्रभावित नासों गाउँपालिका हो । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending