मनाङ । सदरमुकाम चामे स्थित मर्स्याङ्दी नदीमाथिको मोटरेवल पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सफा गर्ने काम भइरहेको छ । सशस्त्र प्रहरीले पुलमा अड्किएका काठ, ढुङ्गा र बालुवा सफा गर्दै गएपछि मर्स्याङ्दी नदी पुरानो धारमा फर्किने क्रममा छ ।
सोमबार मौसममा केही सुधार भएकाले काम गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । “पुलको संरक्षण पनि हुने र बाढी बस्तीमा पस्न नपाउने बनाउनका लागि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा फाल्ने काम भइरहेको छ, यो पुरै निकाल्न सक्यौं भने पुरानो धारमा फर्किनेछ भन्ने अपेक्षा गरेका छौं”, प्रजिअ लामिछानेले भने ।
जेठ ३१ गते रातिदेखि परेको वर्षापछि आएको बाढीले ल्याएको फोहोरमैला पुलमा अड्किएर पानी जाने बाटो नहुँदा मर्स्याङ्दीले धार परिवर्तन गरेको थियो । मौसम अनुकुल भएपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सरसफाई गरिएपछि नदीको धार लयमा आउने अवस्थामा रहेको सशस्त्र प्रहरी मनाङका प्रहरी नायव उपरीक्षक होमनाथ पन्थीले बताए । पुलमा फोहोर अड्किदा नदीको पानी छिर्ने ठाउँ नभएपछि बाढीले बस्तीतर्फ कटान गरेको हो ।
“बाढीले ल्याएका काठ काट्ने र साना बनाउँदै छेउतर्फ लगिएको छ, ढुङ्गा हटाउनका लागि डोजर प्रयोग गरिएको छ, विपद्को सामना गर्नका लागि जिल्लाका सुरक्षा समितिहरु पूर्ण रुपमा लागिपरेको छ”, उनले भने । नदीलाई पुरानो धारमा फर्काउन सकिएमा बस्ती बचाउन सकिने उनले बताए । नदीले बस्तीतर्फ कटान गर्दा भने उक्त क्षेत्रमा जोखिम बढेको छ । नदीलाई पुरानो धारमा पुर्रयाउन सकेमा बस्तीतर्फको जोखिम कम हुनेछ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८२ - २०:२६
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...
माघ ११ गते, २०८२ - २०:१५
विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...
माघ ११ गते, २०८२ - २०:१३
मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश ...
माघ ११ गते, २०८२ - २०:०७
काठमाडौँ । सरकारी विज्ञापन कारोबारका विषयमा सञ्चार माध्यममा प्रकाशित समाचार र जारी विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ (आन) ले गम्भीर ध्यानाकर्षण भएको ज...
माघ ११ गते, २०८२ - २०:०५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभा–काठमाडौं सम्पर्क मञ्चले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रचार प्रसार समिति गठन गरे...
माघ ११ गते, २०८२ - १९:५७
राजनीतिमा अनुहार धेरै देखिन्छन्, तर उनीहरूको इतिहास, संघर्ष र नेतृत्वको धरातल फरक हुन्छ। केही नेताहरू केवल अवसरवादमा सीमित रहन्छन्, पद र सत्ताका लागि ...
माघ ११ गते, २०८२ - १९:३३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए आफ्नो नेतृत्वको पा...
माघ ११ गते, २०८२ - १९:२८
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार धनकुटा सदरमुकाम आए पनि सवारीबाट नओर्ली बजार परिक्रमा गरेर फर...
माघ ११ गते, २०८२ - १९:०१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतका पछिल्ला अभिव्यक्तिलाई लिएर मधेश अपमान गरिएको भन्दै ...
माघ ११ गते, २०८२ - १८:५२
काठमाडाैं । हरेक निर्वाचनमा काभ्रेली मतदाताले देख्दै आएका परिचित अनुहारहरू यसपटक मैदानबाहिर छन्। उनीहरूको अनुपस्थितिमा यस निर्वाचनमा काभ्रेमा प्रायः ...




प्रतिकृया लेख्नुहोस्: