Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

आजदेखि काठमाडौं उपत्यकाभित्र खुल्यो सार्वजनिक यातायात, बजार पनि खोल्न पाइने

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र आजदेखि जोर–बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन भएको छ ।

उपत्यकाभित्रका तीन प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बासेको बैठकले कोरोना भाइरसका संक्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड कडाइकासाथ पालना गरी यातायात सञ्चालन गर्न दिने निर्णय गरेका थिए ।  

प्रशासनको निर्णय अनुसार २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायात बिहान ६ बजे देखि साँज ७ बजेसम्म सञ्चालन हुन पाउँछन्। तर, लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन।

यस्र्तै, सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएका छन्।

निषेधाज्ञा जारी भएको झण्डै २ महिनापछि सार्वजनिक यातायात सञ्चालनमा आएको हो । निषेधाज्ञा थप एक साता लम्ब्याएको छ । 

प्रशासनको निर्णयप्रति यातायात व्यवसायी असन्तुष्टि

प्रशासनको निर्णयप्रति राष्ट्रिय यातायात व्यवसायी संघले आपत्ति जनाएको छ । उक्त निर्णयले साना सिट क्षमता भएको यातायातमाथि अन्याय भएको भन्दै निर्णयमा पुर्नविचार नगरे १८ गतेबाट सम्पूर्ण यातायात सञ्चालन गर्ने चेतावनी दिएको छ । लामो समयको बन्दाबन्दीले बैंकको किस्ता तिर्न नसकिएको र साना मजदुरहरुको राजिरोटी खोसिएकोले जिविकोपार्जनमा ठुलो समस्या देखिएको गुनासो गरेका छन् । 

खुले यीक्षेत्र
अब २५ सिट क्षमता बढी भएका सार्वजनिक यातायातका सवारीसाधन चल्न पाउनेगरी निषेधाज्ञा खुकुलो भएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख ढुण्डीप्रसाद निरौलाका अनुसार बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् ।

औषधि तथा स्वास्थ्य सामग्री, सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा सञ्‍चालन गर्न पाउने भएका छन् । त्यस्तै खाद्यान्‍न दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरू, खेलकुद सामग्री पसल, स्टेशनरीरपुस्तक पसलहरू बिहानदेखि साँझ ६ बजेसम्म सञ्‍चालन गर्न पाउने भएका छन् ।

डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल सोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर पसल) र निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ)लगायत अन्य पसल व्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्‍चालन गर्न पाइनेछ ।

त्यस्तै अत्यावश्यक वस्तुहरूको अनलाइन अर्डर, रेष्टुरेण्ट एंव फास्टफुड तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्‍चालन गर्न पाइनेछ ।

सवारी साधन मर्मतका लागि वर्कशपहरू साँझ ७ बजेसम्म सञ्‍चालन गर्न पाइने नयाँ आदेशमा उल्लेख छ ।

त्यसैगरी पसल तथा व्यवसाय सञ्‍चालन सञ्‍चालन गर्न कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्ने, अनपवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ । यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्ने सकिने बताइएको छ ।

खुलेनन् यी क्षेत्र
सबै प्रकारका सभा सम्मेलन गोष्‍ठी , सिनेमा हल, पार्टी प्यालेस, डान्सबार दोहोरी क्लब, स्विमीङ पुल, मनोरन्जन स्थल सैलुन, ब्यूटि पार्लर हेल्थ क्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चीडियाखाना, रंगशालामा हुने दर्शकसहितका खेलकुद र भिडभाडमा हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाउने उल्लेख छ ।

खुलास्थानमा मानिसहरू भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा महोत्सव, भोजभतेर आदी गर्न गराउन नपाउने भएका  छन् । विवाह व्रतबन्ध तथा सामूहिक रुपमा गरिने साँस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने ।  पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा साँस्कृतिक गतिविधीहरु संचालन गर्न नपाउने भएका छन् ।

शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्रले भौतिक उपस्थितिमा पठनपाठन तथा संचालन गर्न गराउन नपाउने भनिएको छ ।

अत्यावश्यक सामाग्री बोकेका डुवानीका सवारी साधन बिरामी तथा कुरुवा ९२ जना बोकेका एम्बुलेन्स, स्वास्थ्य कर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र अन्य जिल्लाबाट सवारि पास लिई आएका बाहेक अन्य सवारी साधन काठमाडौँ जिल्लाभित्र प्रवेश गर्न नपाउने भएका छन् ।

अत्यावश्यक कार्यह्ररु जस्तै मृत्यु सँस्कार बिरामी तथा कुरुवा लगायतका कार्यका लागी उपत्यका बाहिर जान सम्बन्धित स्थानिय तहको सिफारिस सहित  जिल्ला प्रशासन कार्यलयमा निवेदन पेश गरेमा अन्तर जिल्ला आवतजावत गर्न सहजिकरण गरिने भएका छन् ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending