दमौली । लगातारको वर्षापछि आएको पहिराले अवरुद्ध बनेको भिमाद–८ स्थित सडक दुई हप्तापछि सञ्चालनमा आएको छ । भिमाद–सिम्ले–भागर हुँदै जरेवर जाने सडक पहिरो हटाएपछि दुई हप्तापछि सोमबारदेखि सञ्चालनमा आएको हो ।
गत जेठ ३१ गते र असार १ गते आएको वर्षाका कारण उक्त सडकखण्डको कल्भुडा चिसापानी भन्ने स्थानमा पहिरो गएको थियो । सडक अवरुद्ध भएको स्थानमा स्काभेटर लगाएर पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको भिमाद–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए । यसअघि नै पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिए पनि निरन्तरको वर्षा तथा सम्भावित जोखिमका कारण एक्साभेटर मालिक तथा चालक त्यहाँ कार्य गर्न तयार नभएकाले ढिलाइ भएको उनले बताए ।
भिमाद नगर प्रमुख मेखबहादुर थापा, नगरपालिकाका सल्लाहकार मनोज खनाल तथा भिमाद–२ का वडाध्यक्ष भवानीशङ्कर लम्सालसहित नगरपालिकाको प्राविधिक सम्मिलित टोलीले स्थलगतरूपमा पहिराको निरीक्षण गरेको थियो ।
अवरुद्ध सडक सञ्चालन नहुँदासम्म सो क्षेत्रमै बसेर कार्य निरीक्षण गर्नुभएका नगरप्रमुख थापाले तत्कालका लागि सडक सञ्चालन भए पनि बर्सातको समय रहेकाले पानी पर्दा पुन: पहिरो गई सडक अवरुद्ध हुने सम्भावना रहेको बताए । उनले त्यसका लागि दीर्घकालीन योजना बनाउन प्राविधिकलाई निर्देशन दिनुभएको छ । सडक अवरुद्ध हुँदा भिमाद–८ का अतिरिक्त शुक्लागण्डकी नगरपालिकाका सर्वसाधारण मर्कामा परेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - ०९:२४
सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...
फाल्गुन १९ गते, २०८२ - ०९:२१
पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...
फाल्गुन १९ गते, २०८२ - ०९:१६
काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...
फाल्गुन १९ गते, २०८२ - ०९:०१
वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...
फाल्गुन १९ गते, २०८२ - ०८:१२
काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...
फाल्गुन १९ गते, २०८२ - ०७:५३
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...
फाल्गुन १९ गते, २०८२ - ०७:५०
गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...
फाल्गुन १९ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...
फाल्गुन १९ गते, २०८२ - ०७:३९
तनहुँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...
फाल्गुन १९ गते, २०८२ - ०७:३०
जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...



प्रतिकृया लेख्नुहोस्: