काठमाडौँ । गोदावरी नगरपालिकाको दशघरलगायत नगर क्षेत्रका विभिन्न स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने वनस्पति गुर्जोका ५०० बिरुवा रोपिएको छ ।
गोदावरी सरोकार समाजको नेतृत्वमा फुलचोकी आमा समूहलगायत संस्थाको सहभागितामा गुर्जो रोपिएको हो । ती स्थानमा तेजपात र कोइरालालगायतका औषधिजन्य वनस्पति पनि रोपिएको छ ।
देशव्यापीरूपमा गुर्जोका बिरुवा रोप्ने अभियानमा लागेका अभियानकर्मी कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराएका हुन् । उनी स्थलगत रूपमै बिरुवा उपलब्ध गराउँदै रोपणमा पनि सहभागी भएका थिए ।
कार्यक्रममा गुर्जोबाट बनेको चिया र धुलो औषधि पनि वितरण गरिएको थियो । सो अवसरमा योगगुरु किशोरकुमार जोशीले योग गराएका थिए । सामाजिक अभियानकर्मी राजेश प्रधानले उपस्थितलाई सकारात्मक सोचको ऊर्जा प्रदान गर्ने कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसैगरी नगरपालिकाको ठैवमा निरा गृहिणी समाजको सक्रियतामा स्थानीयबासीलाई गुर्जोको बिरुवा तथा यसबाट बनेको चिया तथा धुलो सेवा गरिएको थियो । यो सेवा विशेषगरी कोरोना प्रभावितलाई दिइएको हो ।
पाँचखालको दुग्धेश्वरमा २०० गुर्जोको बिरुवा रोपण
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित दुग्धेश्वर महादेवको प्राङ्गणमा रहेको सामुदायिक वनमा पनि २०० गुर्जोको बिरुवा रोपिएको छ । कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, दुग्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामहरि घिमिरे, वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश तिमल्सिनाका साथै स्थानीय सङ्घसंस्था एवं स्थानीय बासिन्दाको सहभागिता थियो ।
कार्यक्रमको समन्वय पाँचखाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा समाजसेवी दिलबहादुर श्रेष्ठले गरेका थिए। कार्यक्रममा उपस्थित सबैलाई गुर्जोबाट बनेको चिया सेवन गराइएको थियो ।
विसं २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि एक लाख ५० हजार गुर्जोका बिरुवा रोप्न नि:शुल्क वितरण गरिएको सो अवसरमा राजलवटले बताए । यस वर्ष पनि करिब नौ हजार बिरुवा रोप्न नि:शुल्क वितरण भइसकेको छ ।
नि:शुल्क बिरुवा वितरणका अवसरमा गुर्जोबाट बनेको चिया अभियानकर्मीलाई खुवाइएको थियो । सहभागी सबैलाई गुर्जोबाट बनेको चिया र धुलो नि:शुल्क वितरणसमेत गरिएको थियो । आन्तरिक राजश्व कार्यालय लहानको प्रमुख कर अधिकृत हुँदा त्यहाँको सरकारी निवासमा बिरुवा उमारेर देशव्यापी रूपमा नि:शुल्क वितरण अभियानमा उनी लागेका हुन् । हाल धुलिखेलमा सरुवा भएपछि पनि उनले गुर्जो वितरण र रोपण अभियानलाई निरन्तरता दिइरहेका छन् ।
आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो: तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उनी बताउँछन् ।
घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रूपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।
मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने भएकाले आवश्यक पर्नेले देशभर तोकिएका १२१ केन्द्रबाट गुर्जोबाट बनेको चिया र धुलो लिन सक्ने अभियानकर्मी राजलवट बताउँछन् । यी केन्द्र हाल देशभरका ३६ जिल्लामा स्वयंसेवी रूपमा शुरु गरिएको छ । अन्य जिल्लामा पनि स्वयंसेवीका रूपमा गुर्जो बाँड्न चाहने अभियानकर्मीले सेवा गर्न सक्ने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: