Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

गोदावरी र पाँचखालमा ७०० गुर्जो रोपण

रासस

काठमाडौँ । गोदावरी नगरपालिकाको दशघरलगायत नगर क्षेत्रका विभिन्न स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने वनस्पति गुर्जोका ५०० बिरुवा रोपिएको छ ।


गोदावरी सरोकार समाजको नेतृत्वमा फुलचोकी आमा समूहलगायत संस्थाको सहभागितामा गुर्जो रोपिएको हो । ती स्थानमा तेजपात र कोइरालालगायतका औषधिजन्य वनस्पति पनि रोपिएको छ । 


देशव्यापीरूपमा गुर्जोका बिरुवा रोप्ने अभियानमा लागेका अभियानकर्मी कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराएका हुन् । उनी स्थलगत रूपमै बिरुवा उपलब्ध गराउँदै रोपणमा पनि सहभागी भएका थिए ।


कार्यक्रममा गुर्जोबाट बनेको चिया र धुलो औषधि पनि वितरण गरिएको थियो । सो अवसरमा योगगुरु किशोरकुमार जोशीले योग गराएका थिए । सामाजिक अभियानकर्मी राजेश प्रधानले उपस्थितलाई सकारात्मक सोचको ऊर्जा प्रदान गर्ने कार्यक्रम प्रस्तुत गरेका थिए । 

यसैगरी नगरपालिकाको ठैवमा निरा गृहिणी समाजको सक्रियतामा स्थानीयबासीलाई गुर्जोको बिरुवा तथा यसबाट बनेको चिया तथा धुलो सेवा गरिएको थियो । यो सेवा विशेषगरी कोरोना प्रभावितलाई दिइएको हो ।

 पाँचखालको दुग्धेश्वरमा २०० गुर्जोको बिरुवा रोपण

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित दुग्धेश्वर महादेवको प्राङ्गणमा रहेको सामुदायिक वनमा पनि २०० गुर्जोको बिरुवा रोपिएको छ । कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, दुग्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामहरि घिमिरे, वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश तिमल्सिनाका साथै स्थानीय सङ्घसंस्था एवं स्थानीय बासिन्दाको सहभागिता थियो । 

कार्यक्रमको समन्वय पाँचखाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा समाजसेवी दिलबहादुर श्रेष्ठले गरेका थिए। कार्यक्रममा उपस्थित सबैलाई गुर्जोबाट बनेको चिया सेवन गराइएको थियो ।

विसं २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि एक लाख ५० हजार गुर्जोका बिरुवा रोप्न नि:शुल्क वितरण गरिएको सो अवसरमा राजलवटले बताए । यस वर्ष पनि करिब नौ हजार बिरुवा रोप्न नि:शुल्क वितरण भइसकेको छ ।

नि:शुल्क बिरुवा वितरणका अवसरमा गुर्जोबाट बनेको चिया अभियानकर्मीलाई खुवाइएको थियो । सहभागी सबैलाई गुर्जोबाट बनेको चिया र धुलो नि:शुल्क वितरणसमेत गरिएको थियो । आन्तरिक राजश्व कार्यालय लहानको प्रमुख कर अधिकृत हुँदा त्यहाँको सरकारी निवासमा बिरुवा उमारेर देशव्यापी रूपमा नि:शुल्क वितरण अभियानमा उनी लागेका हुन् । हाल धुलिखेलमा सरुवा भएपछि पनि उनले गुर्जो वितरण र रोपण अभियानलाई निरन्तरता दिइरहेका छन् ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो: तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उनी बताउँछन् । 

घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रूपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।

मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने भएकाले आवश्यक पर्नेले देशभर तोकिएका १२१ केन्द्रबाट गुर्जोबाट बनेको चिया र धुलो लिन सक्ने अभियानकर्मी राजलवट बताउँछन् । यी केन्द्र हाल देशभरका ३६ जिल्लामा स्वयंसेवी रूपमा शुरु गरिएको छ । अन्य जिल्लामा पनि स्वयंसेवीका रूपमा गुर्जो बाँड्न चाहने अभियानकर्मीले सेवा गर्न सक्ने जनाइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy